मङ्सिर १३, काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), मधेस केन्द्रित दललगायतका दलहरुसँग थप छलफल गर्ने निर्णय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १३, काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), मधेस केन्द्रित दललगायतका दलहरुसँग थप छलफल गर्ने निर्णय "/>

2026-07-25 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनका लागि काँग्रेसले सबै दलसँग छलफल गर्ने


मङ्सिर १३, काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), मधेस केन्द्रित दललगायतका दलहरुसँग थप छलफल गर्ने निर्णय गरेको छ । 

सिंहदरबारस्थित पार्टीको संसदीय दलमा आज बसेको काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले अन्य दलसँग आवश्यक छलफल गरी संविधान संशोधनको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । 

बैठकमा सभापति शेरबहादुर देउवाले संविधान संशोधनको मस्यौदा प्रस्तावबारे जानकारी गराउनुभएको थियो । संशोधनको मस्यौदाका सम्बन्धमा बृहत् रुपमा छलफल भएको उक्त बैठकमा खासगरी सीमाङ्कनमा चर्काचर्की बहस भएको बैठकमा सहभागी नेताले बताएका छन् । 

सीमाङ्कनका सम्बन्धमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला झिकेर छिमेकी प्रदेशमा गाभ्ने प्रस्तावमा सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताले विरोध गर्नुभएको काँग्रेस नेत्री पुष्पा भुषालले जानकारी दिनुभयो । 

नेता डा रामशसरण महतले सरकारले अन्तिम रुपको संशोधनको प्रस्ताव ल्याएपछि त्यसमाथि थप छलफल गरी आवश्यक निर्णय लिने बताउनुभयो । उहाँले बैठकमा अधिकांश नेताहरुले पाँच नम्बर प्रदेश टुट्न नहुने भावना व्यक्त गरेको बताउनुभयो । 

सरकारले संविधान संशोधनका लागि तयार गरेको भनिएको चारबुँदे प्रस्तावमा प्रदेशको सीमाङ्कन, राष्ट्रियसभामा प्रतिनिधित्व, वैवाहिक अङ्गीकृत नागरिकता र भाषा आयोग गठन गर्ने विषय समेटिएको काँग्रेसका नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो । 

के छ चारबुँदे संशोधनमा ? 

संशोधन प्रस्तावमा प्रदेशको सीमाङ्कन विवाद मिलाउने सम्बन्धमा सङ्घीय आयोग गठन गर्ने उल्लेख छ । आयोगले प्रदेशको विवाद सम्बन्धमा विगतका प्रतिवेदनको समेत अध्ययन गरेर सराकोरवालासँग छलफल गरी प्रतिवदेन तयार गर्ने उल्लेख छ । 

त्यस्तै, पाँच नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा र प्यूठानलाई झिकेर ४ र ६ नम्बर प्रदेशमा गाभ्ने उल्लेख छ । 

राष्ट्रियसभामा प्रतिनिधित्वका सवालमा सरकारले प्रत्येक प्रदेशबाट कम्तीमा तीनदेखि पाँचजना न्यूनतम् सङ्ख्या राखेर बाँकी जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने प्रस्ताव अघि सारेको छ । 

वैवाहिक अङ्गीकृत नागरिकताका सम्बन्धमा सरकारले अन्तरिम संविधान, २०६३ बमोजिम नै नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्यागेपछि प्रचलित कानुनअनुसार अङ्गीकृत नेपाली नागरिकता लिन सक्नेसहितको प्रस्ताव अघि बढाएको छ । 

भाषाका सम्बन्धमा सरकारले नेपालको संविधानबमोजिम भाषा आयोग गठन गर्ने र आयोगको सिफारिसमा सरकारले निर्णय लिने प्रस्ताव अघि सारेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक