मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीयस्तरमा विपद् जोखिम तथा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सबै नगरपालिकामा शाखा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीयस्तरमा विपद् जोखिम तथा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सबै नगरपालिकामा शाखा"/>

2026-07-25 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगरपालिकामा विपद् जोखिम न्यूनीकरण शाखा स्थापना हुँदै


मङ्सिर १४, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीयस्तरमा विपद् जोखिम तथा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सबै नगरपालिकामा शाखा स्थापना गर्ने भएको छ । 

मुलुकका २१७ वटै नगरपालिकामा ती दुई विषयलाई सम्बोधन गर्न नगरपालिकाभित्र नयाँ शाखा स्थापना गर्न लागिएको मन्त्रालयका सहसचिव गोपी खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सो शाखाले ती विषयमा सेवाग्राहीलाई विस्तृत जानकारी दिन छुट्टै सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । चालु आवमा कम्तीमा ८० सेवा केन्द्र स्थापना गरिने बताइएको छ । 

“मानवीय तथा प्राकृतिक दुवै विपद्का जानकारी र सूचना तथा यसबाट जोगिन अपनाउनुपर्ने सावधानी, आफ्नो घर तथा समुदायलाई विपद्बाट जोगाउनका लागि तालिम जस्ता विषयका ज्ञान सो केन्द्रबाट सेवाग्राहीले प्राप्त गर्न सक्ने छन्” – सहसचिव खनालले भन्नुभयो । 

केन्द्र सञ्चालनसम्बन्धी कार्यविधिसमेत मन्त्रालयले तयार गरेको छ । हाल ४३ प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्छन् । सहरी क्षेत्रमा धुलो, धुवाँ, खानेपानी बिजुलीको अभाव, अस्तव्यस्त सडक, हुँदाहुँदै पनि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँ सराइ गर्ने प्रवृत्ति बढ्दै गएको छ । 

मन्त्रालयले सहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उत्थानशील सहरी नीतिसमेत कार्यान्वयनमा ल्याउन लागेको छ । सो नीतिमा विपद् सामना गर्न स्थानीय समुदायलाई नै सक्षम बनाउन व्यवस्थापकीय र प्राविधिक पक्षमा बलियो बनाउन जोड दिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक