दलसिंह गिरी/कालिकोट । विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य एवं पार्टी प्रवक्ता खडक बहादुर विश्वकर्मा 'प्रकाण्ड' ले नेपालमा आफ्नो पार्टीले युद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/कालिकोट । विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य एवं पार्टी प्रवक्ता खडक बहादुर विश्वकर्मा 'प्रकाण्ड' ले नेपालमा आफ्नो पार्टीले युद्ध"/>
2026-07-25 05:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी युद्ध हैन क्रान्ति चाहन्छौं: प्रकाण्ड

दलसिंह गिरी/कालिकोट । विप्लव नेतृत्व नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य एवं पार्टी प्रवक्ता खडक बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपालमा आफ्नो पार्टीले युद्ध नभै क्रान्ति गर्न खोजेको बताउनु भएको छ । 

आफ्नो पार्टीले सर्बहारा जनतालाई यस देशको मालिक बनाउनका निम्ति नयाँ कार्यदिशा, नयाँ ब्यवस्था, ल्याउन युद्धले सम्भव नहुने भएकाले अब क्रान्तीको आवश्यकता भएको बताउदै यस्तो कुरा बताउनु भएको हो । 

नेकपा माओवादी कालिकोटले जिल्ला सदरमुकाम मान्ममा आयोजना गरेको बृहत जनभेला कार्यक्रमको सम्बोधन गर्दै विश्वकर्माले जनताको पूर्ण सहभागितामा निर्वाचित पहिलो संविधान सभालाई तुहाएर केही विस्तारवादी तथा सामराज्यवादी तत्वहरुले नेपालका केही हरुवा भरुवाहरुलाई अगाडी बढाएर दोश्रो संविधान सभा निर्वाचन गराई आफ्नो अनुकुल संविधान बनाउन लगाएको आरोप लगाउनु भएको छ । 

बिश्वकर्माले यो संविधान सर्वहारा बर्गको निम्ति नबनेको भन्दै यसको खारेजी अभियान आफ्नो पार्टीको प्रमुख एजेण्डा रहेको बताउनु भएको छ । जनभेला कार्यक्रमको प्रमुअ अथिति समेत रहनु भएका विश्वकर्माले अहिलेका सत्ताधारी राजनैतिकदलहरुलाई कोट गर्दै १० बर्षे जन युद्ध र १९ दिने बृहत जन आन्दोलनले राजतन्त्रलाई अन्य गरी ल्याएको गणतन्त्रलाई लत्याएर १२ बुदे बृहत शान्ति सम्झौता विपरित आफ्नै सहयात्री नेतागणहरुले १६ हजार शहिदहरुको रगतलाई कुल्चेर परिवर्तन नचाहने पार्टीको पुच्छर बनेको आरेप लगाउनु भएको छ । 

अहिले सरकारको लोभमा भारतीयको गुलामी बनेर नेपाली जनताको राष्ट्रिय स्वाधिनता नामेट हुने गरी राष्ट्रघाती संधी सम्झौता गरेको बताउदै यसको रक्षाको निम्ति आफ्नो पार्टीले क्रान्तिको थालनी गरेको बताउनु भएको छ । 

नेकपा माओवादी कालिकोटका जिल्ला इन्चार्ज कर्ण भण्डारी विराटको अध्यक्षता आयोजित बृहत जनभेलामा बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य भरत बहादुर बम रणविरले सत्तामा रहका सत्ताशिन राजनैतिकदलहरुको कर्नाली प्रति हेर्ने दृष्टिकोण अझै नबदलिएको बताउनु भएको छ । सत्ताशिन दलहरुले नेपाली भाषाको उद्गमथलो, राष्टगुरु नरहरी नाथको जन्मथलो, विश्वमै पहिलो राज्य ब्यवस्थापन गर्ने मनुराजाको जन्म थलो भएको कर्नालीका जनतालाई २० केजी चामलमा विकाउन खोजेको आरोप लगाउनु भएको छ । 

तामशाली राज्यको इन्चार्ज समेत रहेका बमले कालिकोट जिल्लालाई नेपालकै कान्छो जिल्लाको रुपमा चिनाउने कालिकोटका धर्मदत्त आज यो समाजमा नरहेपनि उनको योगदानलाई कदर गर्न सम्मृद्ध कालिकोट बनाउनु पर्ने आवश्यक रहेको बताउनु भएको छ । 

बिगत केही महिना पहिले कालिकोटमा भ्रष्टचारीको आरोपमा एक प्राविधिकलाई मोसो दलेको प्रशंग जोड्दै केन्द्रीय सदस्य बमले देशलाई समृद्ध बनाउन सबै भन्दा भ्रष्टाचारीहरुलाई तह लगाउने पार्टीको प्रमुख एजेण्डा रहेको बताउनु भएको छ । समग्रमा देशलाई आर्थिक राजनैतिक, सास्कृतिक हरेक क्षेत्रमा समृद्ध गराई समाजवाद तिर उन्मुख गराउन एकिकृत जनक्रान्ती आवश्यक रहेको यसका लागि सम्पूर्ण नेपाली एक हुनुपर्ने बताउनु भएको छ ।

जिल्ला सदरमुकाम मान्म खाडाँचक्रमा आयोजित बृहत जनभेला कार्यक्रममा जिल्लाभर सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थीति रहेको थियो भने कार्याक्रममा केन्द्रीय सास्कृतिक सामना परिवारद्धारा विभिन्न सास्कृतिक प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक