Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

माओबादी केन्द्र डोटीमा बिबाद चुलीयो

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १५, डोटी । जिल्ला नेतृत्वको बिषयलाइ लिएर एकिकृत नेकपा माओबादी केन्द्र डोटी कार्य समिति भित्र बिबाद चुलिएको छ । एकता पछि बनेको एकिकृत नेकपा माओबादि केन्द्र पार्टिको कार्य समिति भित्र रहेको चरम बिवाद अहिले बाहिर आएको हो ।

एकता पछि एकिकृत नेकपा माओबादि केन्दले्र जिल्ला सम्मेलन आयोजक समिति लोकतान्त्रिक तरीकाले गठन नभएको पहिलाको  समितिलाइ नमान्ने भन्दै भरत बोहरा योगेन्द्र लगायतका जिल्ला नेताहरुले जिल्ला सम्मेलनको समानान्तर आयोजक समिति गठन गरेका छन ।

उनिहरुले जंग बहादुर बिक नेतृत्वको जिल्ला सम्मेलन आयोजक समिति लोकतान्त्रिक तरीकाले गठन नभएको भन्दै बोहोराको संयोजकत्वमा २११ जनाको जिल्ला सम्मेलनको समानान्तर आयोजक समिति गठन गरेका हुन । उनिहरुले मंगलबार सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफुहरुले उठाएका मागका बारेमा पार्टिको प्रदेस कमिटि तथा केन्द्रले ब्यवास्था गरेको भन्दै त्यसको बिरोध स्वरुप समिति गठन गरेको बताएका छन् ।

यस अघि ७ जनाको समुहले मात्र तोकेको संयोजकको बिरोध गर्दा पनि आफुहरुको माग सम्बोधन नभएकोले आफ्नो नेतृत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको नयाँ गठन गरेका समितिका संयोजक  बोहोरो पत्रकार सम्मेलनमा जानकारी दिए । अहिले समितिमा बहुमत जिल्ला सदस्य भएकाले आफ्नो समिति पार्टिको जिल्ला सम्मेलनको आधिकारीक आयोजक समिति भएको बताए ।

यस अघि तोकिएका २११ जना जिल्ला सम्मेलन आयोजक समितिका सबै सदस्यहरु पनि आफुसंग भएको उनको भनाई छ ।

यस बिषयमा पार्टिका जिल्ला सम्मेलन आयोजक समितिका संयोजक जंगबहादुर बिकले सोध्दा उनले ,‘भने आफ्नो बिरुद्धमा समितिका समानान्तर समित गठन गरेको बारेमा आफुलाइ कुनै जानकारी नभएको बताए ।’

गएको श्राबण १९ गते भएको पार्टिको जिल्ला सम्मेलनले आफुलाइ पार्टि अधिबेसनको आयोजक समितिको संयोजक तोकेकाले आफु नै अहिले माओबादि पार्टिको संयोजक रहेको उनको दावि छ । केन्द्रमा देखिएको विबाद जिल्ला तहमा पसे पछि केही कार्यकर्ताहरु चिन्तित भएका छन् ।