मंसीर १५, धनगढी । जातीय विभेद विरुद्धको लघु चलचित्र छोई छिटोको निर्माण कार्य सम्पन्न भएको छ । 

केएस फिल्मस् र आस फिल्मस्को व्यानरमा निर्माण गरिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसीर १५, धनगढी । जातीय विभेद विरुद्धको लघु चलचित्र छोई छिटोको निर्माण कार्य सम्पन्न भएको छ । 

केएस फिल्मस् र आस फिल्मस्को व्यानरमा निर्माण गरिएको"/>

2026-09-19 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जातीय विभेद विरुद्धको लघु चलचित्र छोई छिटो निर्माण

मंसीर १५, धनगढी । जातीय विभेद विरुद्धको लघु चलचित्र छोई छिटोको निर्माण कार्य सम्पन्न भएको छ । 

केएस फिल्मस् र आस फिल्मस्को व्यानरमा निर्माण गरिएको चलचित्रको आगामी शनिवार धनगढीमा प्रिमियर शो गरिने भएको छ । 

करन विकले निर्देशन गरेको चलचित्रलाई उनी र सीताराम ओझाले निर्माण गरेका हुन । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै निर्माण टीमले चलचित्रको वारेमा जानकारी दिएको छ । निर्देशक विकले समाजमा कायम रहेको विभेद हटाउन र सामाजिक जनचेतना फैलाउन लघु चलचित्र निर्माण गरेको वताउनुभयो । 

करन विक, सीताराम ओझा, सुरेश भट्ट, रमिला कार्की, रामु जी रोईला, मीना सोव, भद्धर विष्ट लगायतका कलाकारले अभिनय गरेको लघु चलचित्रलाई मुकेश चौधरीले छायाकन र सम्पादन गरेका हुन । 

सत्य घटनामा आधारित लघु चलचित्रको कथा रमेश पालले लेखेका हुन भने पटकथा सीताराम ओझा, रामु जी रोईला र सुरेश भट्टको रहेको छ । धनगढी र गेटाका आसपास क्षेत्रमा छायाकन गरिएको लघु चलचित्रको पोष्टर र पाश्र्व संगीत विवेक पाण्डेयको रहेको छ । 

मुकुन्द भट्ट कार्यकारी निर्माता, दिनेश भण्डारी मुख्य सहायक निर्देशक रहेको चलचित्रलाई धनगढी लगायतका देशका विभिन्न स्थान र विदेशमा समेत प्रदर्शनको तयारी भईरहेको निर्माता तथा कलाकार सीताराम ओझाले वताउनुभयो । 

मंसीर १८ गते धनगढीको रुवस होटेलमा विहान ९ वजे पहिलो प्रिमियर शो गरिने लघु चलचित्रले सामाजिक चेतना दिनुका साथै जातीय विभेद विरुद्धको सशक्त प्रयासका रुपमा लिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई