मङ्सिर १५, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका"/>

2026-07-25 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन विधेयकको विरोधमा काठमाडौँमा प्रदर्शन


मङ्सिर १५, काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । 

उनीहरुले संविधान संशोधन अहिलेको आवश्यकता नरहेको र संशोधनले देश टुक्र्याउन खोजेको भन्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा संशोधन विधेयक फिर्ताको माग गर्दै नाराबाजीसहित प्रस्तावित विधेयक जलाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा युवा सङ्घका अध्यक्ष राजीव पहारीले सरकारले विदेशीको इसारामा संशोधन विधेयक दर्ता गराएको भन्दै फिर्ता गर्नुपर्ने माग गरे । 

उनले अहिले संविधान कार्यान्वयन गर्नुको सट्टा सरकारले संविधान संशोधन विधेयक दर्ता गराएर राष्ट्रघात गर्न थालेको बताए । 

तस्बिर: नागरिकन्युज 

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले संविधान संशोधन विधेयकले देश टुक्र्याउन थालेको भन्दै विधेयकका विरुद्ध सबै राष्ट्रवादी एकजुट हुन आग्रह गरे । उनले सरकारले संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने  बताए । 

प्रदर्शनकारीले विरोधका क्रममा सरकारी बा१झ ८११३ नम्बरको गाडीको सिसा फुटाएका छन् । प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक