मंसिर १६, परासी  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)ले हिजो बुधबार १५गतेदेखि ३० गतेसम्म सिमा बचाउन अभियान सुस्ताबाट शुरु गरेको छ । भारतीय पक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १६, परासी  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)ले हिजो बुधबार १५गतेदेखि ३० गतेसम्म सिमा बचाउन अभियान सुस्ताबाट शुरु गरेको छ । भारतीय पक"/>
2026-06-25 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको २३ जिल्लाका ७१ स्थानमा करिब ६० हजार हेक्टेयर क्षेत्रफल अतिक्रमण

मंसिर १६, परासी  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)ले हिजो बुधबार १५गतेदेखि ३० गतेसम्म सिमा बचाउन अभियान सुस्ताबाट शुरु गरेको छ । भारतीय पक्षद्धारा नेपालका विभिन्न नाका तथा दशजागहरु मिचिएको प्रति विरोध जनाउदै मिचिएको सिमा फिर्ता दिलाउन नेपाल सरकारले भारतसंग पहल गर्ने उद्देश्यले यो सिमा बचाउन अभियान थालिएको हो । 

पटक पटक नेपालको नवलपरासीको सुस्तादेखि ईलामको मानेभञ्ज्याङ्गसम्मका सिमाहरु भातरीय पक्षद्धारा मिचिदै आइएको छ । तर नेपाल सरकार यसको विरुद्धमा केहि आवाज समेत नउठाए पाइएको छ । नेपाल र भारतीयबिच सिमा जोडिएको २६ जिल्ला मध्ये २३ जिल्लाको विभिन्न ७१ स्थानबाट सिमा अक्रिमण गरिएको अखिल छंैठोका अध्यक्ष बिमल पोख्रेलले बताउनु भयो । अध्यक्ष पाख्रेलका अनुसार । 

सबै भन्दा बढि कालापानीमा ३७ हजार हेक्टेयर, कपिलबस्तुको कृष्ण नगरमा १ हेक्टेयर, नवलपरासीको सुस्तामा १४ हजार ४ सय हेक्टेयर, पाँचथरको ज्याङ्गथापुुमा ४ हजार १ सय, ताप्लेजुङ्गको तिम्बुपोखरीमा ४ सय, कालीखोलामा ८ सय, याम्फुदिनमा ६ सय, ललेपमा २ सय २०, कञ्चनपुरको भिमदत्तनगरमा २ सय २२, रौतेलीमा ४२, दाङ्गको कोइलाबासमा २५, चितवन राष्ट्रिय निकुञ्जमा १ सय ७०, देउरालीमा ४०, सुनवलको साहेबगंजमा २०, मोरङ्गको रंगेलीमा १३, झापाको कोरेबारीमा ४१, मेचिनगरमा ४१, भद्रपुरमा २७ हेक्येटर गरि कुल ५९ हजार ८ सय ८९ क्षेत्रफल जमिन मिचिएको अध्यक्ष पोख्रेलले बताउदै सिमा मिचिने क्रम रोक्न तथा यसका कडा विरोध गरि सिमा फिर्ता दिलाउन दुबै पक्षलाई दबाब दिन यो अभियान हामीले शुरु गरेको बताउनु भयो । 

नेपाल बढि खुल्ला सिमाको कारणले नेपालले धेरै क्षति व्यहोर्दै आएको छ । झण्डै २० मिटर मानवरहित रहनु पर्नै दशजगा क्षेत्र समेतम भारतले स्थानिय बासिन्दा बसाली सिमा अतिक्रमण गर्दै आएको छ । नेपालका आवाज उठाउने सिमावर्तिका जनताहरुलाई भारतीय एसएसबीले पिटने र भारतीय स्थानियद्धारा हुने हत्या, चोरी गुण्डागर्दी, तस्करी, अपहरण, डकैती, बलात्कार, जस्ता घटना समेतलाई ढाँकछोप गर्ने गरेको अखिल छंैठोको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

भारत सिमाले मिच्दै आएको सिमा बचाउनका लागि नेपाली जनातहरुलाई सचेत गराउने, जनचेतना फैलाउने, संगठित गराउने, आफनो हकअधिकारका लागि लडन उत्प्रेरित गर्ने र सिमाको स्वयं संरक्षण गर्ने उद्देश्यले यस १५ दिने सिमा बचाउन अभियान थालिएको अखिल छंैठोको उपाध्यक्ष रमेश कंणेलले बताउनु भयो । 

 अखिल छंठोका अनुसार हिजो १५गते सुस्ता, भोली पर्साको ठोरी हुदै प्रत्येक दिन प्रत्येक जिल्लमा गई त्यहाँका बासिन्दाहरुलाई सचेत गर्ने र सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउने हामी १५गतेदेखि ३० गतेसम्म यस अभियानलाई निरन्तरता दिईदै जाने छ । 

नेपाली जनतालाई सचेत, संगठित र जागरुक गराई संघर्षले मात्रै नेपाली सिमाना, राष्ट्रियता, अखण्डता र सार्वभौमिकता जोगाउन सकिने भन्दै यस अभियानमा सम्पुर्ण नेपाली जनताहरुलाई सहयोग गर्न अखिल छंैठोले अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा