पढ्न करिब 3 मिनेट लाग्छ

दाङमा अक्टोबर सर्तबार्षिकी अभियान जारी

सन्तोषकुमार गुप्ता । देउखुरी, १६ मंसिर । दाङमा अक्टोबर सर्तबार्षिकी अभियानलाई तीब्र बनाईएको छ । सर्तबार्षिकी अभियान संगै राष्ट्रिय जनमोर्चा तथा विभिन्न भातृ संगठनका प्रबेश संगै कमिटी गठन अभियानलाई कडाईका साथ अघि बढाईएको छ । “अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चाले शुरु गरेको अक्टोबर क्रान्ति सर्तबार्षिकी अभियान अन्र्तगत बिहिबार देउखुरीको राप्ती प्राविधिक शिक्षालयमा पहिलो पटक अखिल छैठौँको ईकाइ कमिटी बिस्तार गरिएको छ ।

अहिले सम्म शिक्षालयमा अखिल छैठौँको कमिटी गठन हुन सकेको थिएन् । अक्टोबर क्रान्तिको सर्तबार्षिकी अभियान संगै विद्यालय, क्याम्पस तथा शिक्षालयमा छैठौँको ईकाई कमिटी गठन तथा पुर्नगठन जारी निरन्तर रुपमा जारी राखिएको अखिल छैठौँका जिल्ला अध्यक्ष बसन्त आचार्यले जानकारी दिए । यसैबीच शिक्षालयका बिहिबार भएको भेलाले घनश्याम भुसालको अध्यक्षतामा ३१ सदस्यीय अखिल छैठौँ इकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा रचना नेपाली, सचिवमा गिरेन्द्र बिक, सह—सचिवमा हेमराज सुनार र कोषाध्यक्षमा बिक्रम बन्जाडे रहेका छन् । त्यसैगरी सदस्यहरुमा निमराज पोख्रेल, अनुकुल भण्डारी, बिद्यान शर्मा, सिता भुसाल, युवराज सुनार, सिर्जना पन्र्थी बिन्दु आचार्य, रिखराज विक, जीवन भट् र अमित गौतम लगायतका रहेका छन् ।

विद्यार्थी घनश्याम भुसालको अध्यक्षतामा एवम् अखिल छैठौँका पूर्व केन्द्रिय सचिब तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यको प्रमुख आतिथ्यमा भएको भेलामा अखिल छैठौँका केन्द्रिय सदस्य राजेन्द्र चौधरीको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको भेलामा प्रमुख अतिथी आचार्यले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी दिएका थिए । साथै उनले विद्यार्थी आन्दोलन र यसको महत्व र आवश्यकता तथा वर्तमान राजनितिक अवस्थाका बिषयमा प्रशिक्षण समेत दिएका थिए ।

भेलामा अखिल छैठौँका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष बसन्त आचार्य, अखिल छैठौँका केन्द्रिय सदस्य राजेन्द्र चौधरी र प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ता लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी गिरेन्द्र विकले गरेका थिए । सो अवसरमा शिक्षालयमा एनिमल साईन्स् प्रथम बर्षमा छात्रबृत्ति कोटाबाट अध्ययनरत जुगाजा—९ बाजुराबाट अध्ययनरत बर्ष २३ की मोतीकला सार्कीको दाहिने हातमा क्यान्सर भएको र सार्कीको आर्थिक अवस्था कमजोर रहेको भन्दै विद्यार्थीबाट सहयोग रकम समेत संकलन गरिएको छ । सार्कीको सहयोगार्थ बिहिबार मात्र १३ हजार बढी नगद संकलन भएको थियो ।

रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर क्रान्ति सफल भएको एक सय बर्ष पुरा भएको अवसरमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीको अह्वानमा एक बर्षे देशै भरि सतबार्षिर्की मनाउने अभियान सञ्चालन अन्र्तगत दाङमा पनि यो अभियान शुरु गरिएको राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिए । सतबार्षिकी कार्यक्रममा दाङ जिल्लामा हजारौँ नयाँ पिढीका क्रान्तिकारीहरुलाई पार्टी सदस्यता प्रदान गर्ने लक्ष्य रहेको राजमो दाङले जनाएको छ ।

सतबार्षिकी अभियान अन्र्तगत अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन दाङ जिल्ला भरि नै घरदैलो, पर्चा पम्पलेट बितरण, वालपेन्टिङ, मार्चपास लगायतका कार्यक्रम सञ्चालन गरिने सचिव आचार्यले जानकारी दिए । राष्ट्रिय जनमार्चा जिल्ला कार्य समिती दाङले सञ्चालन गरेको अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन जिल्लाब्यापी प्रचारत्मक जनजागण घरदैलो अभियान संगै जिल्लाका सबै गाविस र नगरपालिकामा पार्टी प्रबेश गर्नेको लहर बढेको राजमो दाङका जिल्ला सचिव गणेश आचार्यले जानकारी दिए ।