शुक्रबार दाङका पाँच स्थानमा क्षेत्रिय स्तरको बिरोध प्रर्दशन गरिने

सन्तोषकुमार गुप्ता, दाङ १६ मंसिर ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शुक्रबार दाङका पाँच स्थानमा क्षेत्रिय स्तरको बिरोध प्रर्दशन गरिने

सन्तोषकुमार गुप्ता, दाङ १६ मंसिर ।"/>

2026-06-25 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

संविधान संशोधन बिधेयक खारेजीको माग गदै दाङमा पनि बिरोध प्रदर्शन

2016-12-01

शुक्रबार दाङका पाँच स्थानमा क्षेत्रिय स्तरको बिरोध प्रर्दशन गरिने

सन्तोषकुमार गुप्ता, दाङ १६ मंसिर । संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गर्दै बिहिबार दाङमा पनि प्रर्दशन गरिएको छ । नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल र नेकपा क्रान्तिकारी माओबादी सम्मिलित संयुक्त संघर्ष समितिले दाङको घोराहीमा प्रर्दशन गरेका हुन । 


बिरोध सभालाई सम्बोधन गदै नेकपा मसाल दाङका प्रबक्ता भरत भण्डारीले देशलाई सिक्मिीकरण, फिज्पिकरण र भुटानीकरणको दिशामा लैजान प्रचण्ड सरकारले विभिन्न बाहनामा संविधान संसोधन बिधेयक ल्याएको आरोप लगाएका छन् । सभाका प्रमुख बक्ता समेत रहेका नेता भण्डारीले अब हामीले पनि संघियता खारेजीको बिधेयक संसदमा दर्ता गराउने बताए । नेपालमा भारतको ईसारामा जर्बजस्ती ल्याईएको संघियताकै कारण राष्ट्रिय एकता नै धरापमा परेको भन्दै संघियता बिरोधी आन्दोलनलाई कडाईका साथ अघि बढाउने चेतावनी समेत दिए ।

नेता भण्डारी संविधान संसोधन बिधेयकको बिषय उठाएर प्रचण्ड सरकारले आफ्नो दिनगन्ती शुरु गरेको बताए । उनले यही आन्दोलनले नै बिदेशी दलालको प्रचण्ड सरकार कति टिक्छ टिक्दैन हेरेर बस्न चेतावनी समेत दिए ।  संविधान संशोधन गरेर देशको राष्ट्रिय एकता, स्वाधिनता र एकता माथि धावा बोल्ने काम सरकारले गरेको भन्दै कडा आपत्ति प्रकट गरे । उनले देश सिक्मिकरणको दिशामा गई सकेको संकते गदै पछि पछुतायर बस्नुको बिकल्प हुँदैन भण्डारीले भने । त्यसका लागि राष्ट्रघाती संविधान संसोधन बिधयेक खारेजीका लागि सम्पूर्ण जनताहरुलाई राष्ट्रियताको आन्दोलनमा समाहित हुन आह्वान गरे ।        

सयुक्त संघर्ष समितिका संयोजक तथा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको बिरोधसभालाई सम्बोधन गदै नेकपा एमालेका केन्द्रिय बैकल्पिक सदस्य मेटमणि चौधरीले संविधान संसोधन बिधेयक दर्ता खारेजीको माग गर्दै संविधान शंसोधनले देशमा द्धन्द्ध निम्त्याउने बताए । उनले संबिधान संशोधन राष्ट्रलाई हित नगर्ने खालको भएको भन्दै खारेज गर्न माग गरे । सरकारले फुटाउको राजनिति सुरु गरेको भन्दै नेता चौधरीले आलोचना समेत गरेका । त्यस्तै सभालाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम बिसीले भारतको ईसारामा नेपालमा गतिबिधी हुने गरेको भन्दै संविधान संशोधनको नाममा पाँच नम्बर प्रदेशका जिल्लाहरुलाई फुटाउको राजनिति गरेको आरोप लगाएका छन् । उनले मिलेर बसेको प्रदेशमा युद्ध निम्त्याउने गरी दलहरुले गरेको दुस्प्रयासलाई आफुहरुले कदापी नमान्ने भन्दै आक्रोश ब्यक्त गरे ।

 त्यस्तै बिरोध सभालाई सम्बोधन गदै  नेकपा मालेका जिल्ला सचिव नेत्रप्रकाश पाण्डेले संविधान संसोधन बिधेयकका बिरोध सञ्चालन गरिएको आन्दोलन निर्णायक बनाउने बताए । उनले यो आन्दोलन राष्ट्रबादी नेपाली एकताका लागि भएको बताउँदै नेता पाण्डेले प्रचण्ड सरकारप्रति आक्रोश व्यक्त गरे । बिरोधसभालाई युवक संघका केन्द्रिय सचिवालय सदस्य मनोहर बुढाथोकी लगायतका बक्ताले सम्बोधन गरेका थिए । बिरोधसभाको सञ्चालन संयुक्त संर्घष समितीका सचिव तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यले गरेका थिए ।    

बिरोधसभा अघि घोराहीको ट्राफिक चोकबाट शुुरु भएको बिरोध ¥यालीमा संविधान संसोधन बिधेयक बिरुध संविधान संसोधन बिधेयक खारेज गर, हिमाल पहाड तराई कोहि छैन पराई, पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन, बैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रिय एकता जिन्दाबाद, सम्पूर्ण देश भक्ति शक्ति एक हौँ, सयुक्त आन्दोलन जिन्दाबाद जस्ता नारा लगाउँदै  हस्पिटल रोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, न्यूरोड हुदै तुलसीपुर चोकमा पुगेर बिरोधसभामा परिणत भएको थियो । यसैगरी शुक्रबार दाङको घोराही, तुलसीपुर, लमही, भालुवाङ र पुन्धाराको हाँपुरेका क्षेत्रिय स्तरका बिरोध प्रर्दशन सहितको बिरोध सभा गरिने संयुक्त संर्घष समितीका सचिव तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यले जानकारी दिएका छन् । 

अनेरास्ववियु बिजौरीद्धारा एक घण्टा चक्काजाम    

यता अनेरास्ववियुको जनता विद्यापिठ विजौरी क्याम्पस कमिटीले प्रदेश नम्वर ५ लाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएको विरोधमा चक्काजाम ग¥यो । विहिबार विहान विजौरीमा एक घण्टा चक्का जाम गर्दै अनेरास्ववियुका जिल्ला उपाध्यक्ष सर्जन परीयारले देश लाई सिक्कीमिकरण गर्न खाजेको आरोप लगाए । संगठनका विभिन्न नेताहरुले संशोधन प्रस्तावको नाममा जिल्लाहरुलाई टुक्राउने खेल राष्ट्रघाती भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा