Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बालविवाह न्यूनीकरण अभियानका लागि सांसद टोली रोल्पामा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १९, रोल्पा । जिल्लामा बालविवाह न्यूनीकरण गर्न भन्दै शनिबार सांसदको टोली रोल्पामा आइपुगेको छ ।

‘बाल विवाह अन्तका लागि हाम्रो सामूहिक प्रयास’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च (एनएफपिपिडी) नेपालका अध्यक्ष एवम् नेपाली काँग्रेसका सांसद महालक्ष्मी उपाध्याय डिना, सांसद सरिता प्रसार्इं र सांसद अमरसिंह पुन रोल्पा आउनुभएको हो ।

शनिबार आयोजित कार्यक्रममा सांसद डिनाले धार्मिक तथा सामाजिक मूल्य मान्यता, पारिवारिक दबाब, गरिबी, बेरोजगारी, अशिक्षा, बाल श्रम, छोरा र छोरीबीचको लैङ्गिक विभेद जस्ता विकृति र विसङ्गतिले समाजमा बालविवाह हुने गरेको बताउनु भयो ।

उहाँले बालविवाहले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य तथा सामाजिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रको विकासमा नकारात्मक असर पार्नेहुँदा नेपालमा बिहावारीसम्बन्धी भएका कानुनी व्यवस्थाका बारेमा सबैलाई सचेत गराउनुपर्छ भन्नु भयो ।

कार्यक्रमका सहभागीले जिल्लामा बालविवाह न्यूनीकरणका लागि भएका प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा बृहत् छलफल गरेका थिए ।

हाल जिल्लामा बालविवाह न्यूनीकरणका लागि जिविस, गाविस, महिला तथा बालबालिका कार्यालय, युएनएफपिए, जिल्ला बालकल्याण समिति, सेभ द चिल्ड्रेन, हुरेक र एचफरएललगायतका सरोकारवालाको समन्वयमा २३ गाविसमा बालविवाह न्यूनीकरण अभियान सञ्चालनमा रहेको छ । रासस