सन्तोषकुमार गुप्ता । दाङ २० मंसिर । संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गर्दै सोमबार देउखुरीको भालुवाङमा पनि प्रर्दशन गरिएको छ । नेकपा एमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ २० मंसिर । संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गर्दै सोमबार देउखुरीको भालुवाङमा पनि प्रर्दशन गरिएको छ । नेकपा एमा"/>
२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

संविधान संशोधन बिधेयक खारेजीको माग गदै भालुवाङमा बिरोध प्रदर्शन

२०७३, २० मंसिर सोमबार १३:२०

सन्तोषकुमार गुप्ता । दाङ २० मंसिर । संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गर्दै सोमबार देउखुरीको भालुवाङमा पनि प्रर्दशन गरिएको छ । नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल र नेकपा क्रान्तिकारी माओबादी सम्मिलित संयुक्त संघर्ष समितिले संविधान संसोधन बिधेयक खारेजी बिरुध विभिन्न नाराबाजी सहित प्रर्दशन गरेका हुन । 

बिरोध सभालाई सम्बोधन गदै अखिल नेपाल किसान संघ केन्द्रिय सदस्य प्रेमनारायण आचार्यले भारतको ग्रेट डिजाईनमा ल्याईएको संविधान संसोधन बिधेयकले देश सिक्किमीकरण, फिजिकरण र भुटानीकरणको दिशामा गएको बताए । उनले पाँच प्रतिशत मधेसी सांसदहरुको माग सम्बोधन गर्ने नाम संविधान संसोधन गरेर देशको राष्ट्रिय एकता, स्वाभिमान माथि धावा बोल्ने काम प्रचण्ड सरकारले गरेको आरोप लगाए । नेता शर्मा देशमा संघियता नै घातक भएकोले हाम्रो पार्टीले संघियता खारेजीका लागि संविधान संसोधन बिधेयक गर्दा गर्ने तयारीमा लागेको बताए । सभालाई सम्बोधन गदै नेकपा एमालेका जिल्ला सदस्य किरण भण्डारीले नेपालको ईतिहासमा पहिलो पटक जनता आफैले बनाएको संविधान कार्यान्वयन नगदै संसोधन गर्दा राष्ट्रियता खतरामा परेको बताए । त्यसका लागि एमालेले सडक र सदनबाट संघर्ष गर्ने र संविधान संसोधन बिधेयक पारित हुन नदिने बताए । सभालाई नेकपा क्रान्तिकारीका गणेश केसीले भारतीय दलालहरुले ल्याएको संविधान संसोधन बिधेयक कुनै पनि हालतमा पारित नहुने बताए । उनले संविधान संसोधन बिधेयककै कारण प्रचण्ड सरकार धरापमा परेको समेत बताए ।   

संयुक्त संघर्ष समितिका क्षेत्रिय संयोजक तथा राजमो क्षेत्र नम्बर २ का अध्यक्ष केशबराज खनालको अध्यक्षतामा भएको बिरोधसभामा नेकपा एमालेकी रत्ना तिवारी, अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष कमला बेल्बासे र स्थानिय व्यापारी बिक्रम पाण्डे सञ्चालन संघर्ष समितीका क्षेत्रिय सचिव तथा नेकपा एमालेका लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाकर भुसालले गरेका थिए । बिरोधसभा अघि भालुवाङ पूल्चोकमा टायर बालेर आधा घण्टा चक्काजाम सहित संविधान संसोधन बिधेयक बिरुध संविधान संसोधन बिधेयक खारेज गर, हिमाल पहाड तराई कोहि छैन पराई, पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन, बैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रिय एकता जिन्दाबाद, सम्पूर्ण देश भक्त शक्ति एक हौँ, सयुक्त आन्दोलन जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

मंगलबार भालुवाङमा मसाल जुलुस प्रदर्शन र बुधबार दाङ बन्द गरिने 

    संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गदै बुधबार गर्ने दाङ बन्दको पूर्वसन्ध्यामा मंगलबार भालुवाङ पुल्चोक बजारमा साँझा ५ बजे मसाल जुलुस प्रदर्शन र कोण सभा गरिने संयुक्त संघर्ष समितीका सदस्य एवम् राष्ट्रिय जनमार्चा क्षेत्र नम्बर २ का इन्चार्ज होमप्रसाद शर्माले जानकारी दिए । संघर्ष समितीले मंगलबारको मसाल जुलुस र बुधबारको दाङ बन्दलाई सहयोग गरिदिन सम्पूर्ण राष्ट्रभक्ति नेपाल जनता, उद्योगी, व्यापारी, पत्रकार र सुरक्षा निकाय संग समेत आग्रह समेत गरेको छ ।

संविधान संशोधन विधेयक खारेजीको माग गदै सिसहनियाँमा पनि  विरोध सभा

संविधान संशोधन प्रस्ताव दर्ता खारेजीको माग गर्दै देउखुरीको सिसहनियाँमा पनि प्रर्दशन तथा विरोध सभा गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले सिसहनियाँ बजारमा प्रर्दशन गरेको हो । विरोध सभालाई सम्बोधन गर्ने वक्ताहरुले सिंगो देशलाई टुकारेर द्धन्द निम्ताउन लागेकाले  उक्त प्रस्ताव तत्काल खारेज गर्न माग गरेको छ । साथै उनीहरु दाङ, प्युठान, रुकुम, रोल्पा र सल्यानलाई ५ नंं. प्रदेशमा नराखे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । सवै जातजाती, भाषा , धर्मका नेपालीहरु मिलेर बसेको देशलाई टुकारेर द्धन्द सिर्जना गर्न खोजेको आरोप समेत उनीहरुले लगाएका छन् । सभालाई सम्बोधन गर्ने वक्ताहरुले सरकारले भारतको इसारामा चलेर पहाड र तराईलाई अलग्गाउन खोजेको बताएका थिए । 

विरोध सभालाई सिसहनियाँ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष शान्तराज भण्डरी, व्यापारीहरु भरतप्रसाद पाण्डे, तेजप्रसाद भुसाल र मधु सुवेदी लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । विरोध सभा पुर्व उद्योगी व्यापारीको एक टोलीले राष्ट्रघाती संविधान संशोधन प्रस्ताव खारेज गर, हिमाल पहाड तराई कोइ छैन पराई, दाङ, प्युठान, रुकुम, रोल्पा र सल्यानलाई ५ नंं. प्रदेशमा कायम गर जस्ता नारा लगाउदै सिसहनियाँ बजार परिक्रम गरेका थिए । सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षतामा भएको सभाको सञ्चालन संघका कोषाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि