पढ्न करिब 3 मिनेट लाग्छ

सन्तोषकुमार गुप्ता । देउखुरी २१ मंसिर । संविधान संशोधन प्रस्ताब दर्ता खारेजीको माग गर्दै मंगलबार देउखुरीको भालुवाङमा मसाल जुलुस प्रर्दशन गरिएको छ । नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल र नेकपा क्रान्तिकारी माओबादी सम्मिलित संयुक्त संघर्ष समितिले संविधान संसोधन बिधेयक खारेजी बिरुध विभिन्न नाराबाजी सहित बुधबार दाङ बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस प्रर्दशन गरेका हुन ।

राप्ती नदीको पुलबाट शुरु भएको मसाल जुलुसमा राष्ट्रघाती सरकार राजिनामा दे, प्रचण्ड सरकार मुर्दाबाद, बरु गोली खाईन्छ, सिंगो नेपाल चाहिन्छ, संविधान संसोधन बिधेयक खारेज गर, हिमाल पहाड तराई कोही छैन पराई, पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन, बैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रिय एकता जिन्दाबाद, सम्पूर्ण देश भक्त शक्ति एक हौँ, सयुक्त आन्दोलन जिन्दाबाद जस्ता नारा लगाउँदै भालुवाङ बजार परिक्रमा गरी भालुवाङ पुल्चोकको प्यूठान चोकमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य होमप्रसाद शर्माले संविधान संशोधन प्रस्तावलाई असफल पार्न देशभक्त स्वाभिमानी नेपालीहरू कडा आन्दोलनमा लाग्न आग्रह गरे । “देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर असर पु¥याउने गरी प्रचण्ड सरकारले संविधानमा संशोधन प्रस्ताव ल्याउन लागि आरोप लगाए । शर्माले भने पहिलो कुरा त यो प्रस्ताव दर्ता हुनै दिनु हुन्न, दर्ता भई हाले पनि कुनै हालतमा यसलाई पारित गर्नु दिन हुन्न यसका लागि देशभक्त जनता मिलेर हामीले असफल पार्नै पर्दछ उनले भने” सभालाई सम्बोधन गर्दै नेता शर्माले संविधान खारेज गर्ने सर्तमा नै प्रचण्ड प्रधानमन्त्री बनेको दावी गरे । उनले कुनै पनि राष्ट्र सानो या ठूलो हुन्न, सबैलाई आफ्नो राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनता उत्तिकै प्यारो हुन्छ, राष्ट्रियता आँखाको नानी सरह हो, यही आँखाको नानी जोगाउन सबै देशभक्त जनता अहिले एक हुनु परेको छ उनले भने ।

कोणसभालाई नेकपा एमालेका लोकबहादुर केसीले भारतको ग्रेट डिजाईनमा ल्याईएको संविधान संसोधन बिधेयकले देश सिक्किमीकरण, फिजिकरण र भुटानीकरणको दिशामा गएको बताए । उनले पाँच प्रतिशत मधेसी सांसदहरुको माग सम्बोधन गर्ने नाम संविधान संसोधन गरेर देशको राष्ट्रिय एकता, स्वाभिमान माथि धावा बोल्ने काम प्रचण्ड सरकारले गरेको आरोप लगाए । सभालाई सम्बोधन गदै नेता केसीले नेपालको ईतिहासमा पहिलो पटक जनता आफैले बनाएको संविधान कार्यान्वयन नगदै संसोधन गर्दा राष्ट्रियता खतरामा परेको बताए । त्यसका लागि एमालेले सडक र सदनबाट संघर्ष गर्ने र संविधान संसोधन बिधेयक पारित हुन नदिने बताए । सभालाई नेकपा क्रान्तिकारीका गणेश केसीले भारतीय दलालहरुले ल्याएको संविधान संसोधन बिधेयक कुनै पनि हालतमा पारित नहुने बताए । उनले संविधान संसोधन बिधेयककै कारण प्रचण्ड सरकारको दिनगन्ती शुरु भएको समेत चेतावनी दिए ।

संयुक्त संघर्ष समितिका क्षेत्रिय संयोजक तथा राजमो क्षेत्र नम्बर २ का अध्यक्ष केशबराज खनालको अध्यक्षतामा भएको कोणसभाको सञ्चालन संघर्ष समितीका क्षेत्रिय सचिव तथा नेकपा एमालेका लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाकर भुसालले गरेका थिए ।

दाङ बन्द बुधबार बिहान ५ बजे देखि साँझ ५ बजे सम्म रहने संघर्ष समितीले जनाएको छ । बन्द अबधिभर यातायात, विद्यालय, उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय सबै बन्द रहने संघर्ष समितीका सदस्य तथा राजमो एरिया नम्बर २ का इन्चार्ज होमप्रसाद शर्माले जानकारी दिए । बन्दलाई अवज्ञा गरे त्यसबाट पर्ने हानीनोक्सानीको सम्पूर्ण जिम्मा स्वम् आफै लिनु पर्ने समेत संघर्ष समितीले चेतावनी दिएको छ ।