Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर २२ गते, बिहान ६:१५ बजे
काठमाडौँ - KTM

राष्ट्रिय गौरवको आयोजना अनुगमन गर्न प्रधानमन्त्रि प्रचण्ड दार्चुला आउँदै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २२, दार्चुला | प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) विहिबार दार्चुला आउने भएका छन् । नेकपा माओबादी केन्द्र दार्चुलाका अनुसार राष्ट्रकै गौरबको आयोजनाका रुपमा रहेको निर्माणधिन चमेलिय जलविद्युत आयोजनाको निरिक्षणका लागी प्रचण्ड दार्चुृला आउन लागेका हुन् ।

निर्माण कार्यमा भैरहेको ढिला सुस्तीका बारेमा अनुगमन तथा अहिले सम्मको प्रगतिबारे थाहा पाउन प्रधानमन्त्रि आउन लागेका हुन । दार्चुला र बैतडीको सिमा शिखर गविसमा सन २००६ जनवरी देखी निर्माण कार्य सुरु भएको उक्त आयोजना सन २०११ मे मा सम्पन्न हुनुपर्ने थियो तर विभिन्न कारण देखाउदै अहिलेसम्म आयोजना अधुरै रहेको छ । 

प्रमुख जिल्ला अधिकरीको टोली आयोजना स्थलमा

प्रधानमन्त्रि आउने भएपछि सुरक्षालाई दृष्टीगत गर्दै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायको टोली आयोजनास्थल बलाँच तर्फ लागेको छ । बुधबार विहान साढे आठ बजे प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, दार्चुलाका प्रहरी प्रमुख डियस्पी केदार खनाल लगायतको टोली त्यस तर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसंगको भेटमा जिल्लाको बस्तुस्थितिबारे जानकारी गराउने लगायतको तयारीका साथ प्रमुख जिल्ला अधिकारीको टोली बलाँच गरको छ ।  विहिबार धनगढीमा हुन लागेको धनगढी महोत्सवको उद्घाटन गरि चमेलिया जलविद्युत आयोजनाको निरिक्षणका लागि प्रधानमन्त्री प्रचण्ड दार्चुला आउने कार्यक्रम रहेको नेकपा माओबादी केन्द्र दार्चुलाका अध्यक्ष मान बहादुर धामीले सन्तोषले जानकारी दिनुभयो ।