Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीका धार्मिक स्थलको विकासका लागि शिषेश पहल गर्ने: उपराष्ट्रपति पुन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/a1d0dfd52ee6781da785097f483797631481214096.jpg" style="width: 557px; float: left;">मंसिर २३, परासी । &nbsp;उपराष्ट्रपति नन्द बहादुर पुनले नवलपरासी जिल्लाका महत्वपुर्ण धार्मिक स्थलहरुको विकासका लागि सम्बन्धित मन्त्रालयमा विशेष पहल गर्ने बताउनु भयो । उपराष्ट्रपति पुनले आज नवलपरासीको सुनवलमा आयोजित औद्योगिक व्यपार मेलाको उद्दघाटन गर्दै जिल्लाको रामग्राम स्तुप, त्रिवेणीधाम, मदारबाबा, दाउन्नेदवी, मौलाकालिका मन्दिर लगायतका विभिन्न एैतिहाकि धार्मिक स्थलहरुको पर्यटकिय क्षेत्रको रुपमा विकाशका लागि विशेष पहल गर्ने बताउनु भयो ।</p><p>मुलुकको आर्थिक समृद्धि र विकासमा नवलपरासीका उद्योगी ब्यवसायीको ठूलो योगदान रहेको उपराष्ट्रपति पुनले भन्दै जिल्लमा औद्योगिक कोरिडोरको स्थापना र महेसपुर भन्सारको स्तर उन्नतीका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो । &nbsp;जिल्ला उद्योग ब्यवसाय र पर्यटनको क्षेत्रमा निकै उर्वर जिल्ला भएको हुदा सरकारले यहाँका उद्योगी ब्यवसायीसंग मिलेर दिर्घकालिन योजना बनाएर अघि बढनु पर्ने धारणा राख्दै शान्तिका अग्रदुत गौतम बुद्धको अष्टधातु रहेको एक मात्र रामग्राम स्तुप, बुद्धको मावली देवदह(पण्डितपुर) यसै &nbsp;जिल्लामा रहेको विश्वमै चिनाउन आवश्यक रहेको धारणा राख्नु भयो ।&nbsp;</p><p>त्यसैबिच उपराष्ट्रपति पुनले धेरै नेपालीको बलिदानीले प्राप्त राजनीतिक उपलब्धि संस्थागत भइरहेको जिकिर गर्नु भयो । राजनीतिक परिवर्तनमा पनि यो जिल्लाको ठूलो योगदान रहेको छ, अहिले पनि राजनीतिक संक्रमण काल कायमै रहेको हुदा सरकार र राजनीतिक दलले मधेशी, दलित, जनजाती लगायत सबैको भावनालाई समेटिने गरि राजनीतिक निकास निकाल्न आवश्यक रहेको उहाँले धारणा राख्दै विभिन्न राजनितिक खिचातानीले देशको विकास सम्भव हुदैन संविधान कार्यान्वयनका लागि सबै जनाको मर्म र भावनालाई समेटर मात्र अगाडी बढने समेत जिकिर भयो । &nbsp;</p>