ताराबहादुर महत । मंसिर २५, दोलखा | नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संविधान शंसोधन विधयेक संसदमा दर्ता गराएर संविधान उल्लंघन गरेको बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । मंसिर २५, दोलखा | नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संविधान शंसोधन विधयेक संसदमा दर्ता गराएर संविधान उल्लंघन गरेको बत"/>
2026-07-25 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले संविधान संशोधन गर्नु हुँदैन भन्ने पक्षमा छैनः नेम्वाङ

ताराबहादुर महत । मंसिर २५, दोलखा | नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संविधान शंसोधन विधयेक संसदमा दर्ता गराएर संविधान उल्लंघन गरेको बताउनुभएको छ । 

तत्कालिन संविधानसभाका अध्यक्ष समेत रहनुभएका एमाले नेता नेम्वाङले आफूले बनाएको संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने दलहरुले नै गैरजिम्मेवारपुर्वक संविधान नै उल्लंघन गरेर प्रदेश टुक््रयाउन खोजेको बताउनुभयो । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २ दोलखाको तेश्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई आज चरिकोटमा सम्बोधन गर्नुहुँदै  नेता नेम्वाङले एमाले संविधान संशोधन गर्नु हुँदैन भन्ने पक्षमा नभएको तर संविधान उल्लंघन गरेर विधयेक दर्ता भएकोले त्यसको विपक्षमा उभिएको प्रष्ट पार्नुभयो ।

एक अर्को प्रसङ्गमा नेता नेम्वाङले संसदमा निर्वाचन सम्बन्धि विधयेक नै पेश नगरेको सरकारले निर्वाचन गराउछु भन्नु जायज नभएको तर्क गर्नुभयो । निर्वाचन गराउछु भन्ने सरकारले निर्वाचन सम्बन्धि विधयेक संसदमा नलगेर किन लुकाएको ? भनी उहाँले सरकारमा रहेका दलका नेताहरुलाई प्रश्न समेत गर्नुभयो । सरकार आफू अफ्ठ्यारोमा पर्न लागेकोले निर्वाचनको कुरा उठाएको भएपनि एमाले निर्वाचनमा जान तयार रहेको उहाँको भनाई थियो ।

एमाले निर्वाचन क्षेत्र नम्बर क्षेत्र नम्बर २ दोलखाका क्षेत्रिय कमिटी अध्यक्ष इश्वर न्यौपानेको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा पुर्व पर्यटन मन्त्री तथा सांसद आनन्दप्रसाद पोखरेल, एमाले पोलिटब्युरो सदस्य तथा सांसद पशुपति चौंलागाँई, एमाले केन्द्रिय कमिटी सदस्य पार्वत गुरुङ, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत लगायत जिल्लाका विभिन्न तह र तप्काका नेताहरुले समसामयिक राजनितिको चर्चा गर्नुहुँदै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक