पढ्न करिब 3 मिनेट लाग्छ

संविधान संसोधनको बिरुद्ध राष्ट्रिय जनमार्चा दाङले घोराहीमा ग¥यो बिशाल बिरोध प्रदर्शन

सन्तोषकुमार गुप्ता ।दाङ, २७ मंसिर । राष्ट्रिय जनमोर्चाकी केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलले देश सिध्याउने एक मात्र बिष संघीयता भएको बताएकी छिन् । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको बिरोधमा राष्ट्रिय जनमोर्चा दाङले सोमबार घोराहीमा गरेको एकल बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गदै नेतृ पौडेलले देश सिध्याउने विषलाई भारतीय ईशारामा दलहरुले केही वर्ष पहिले रोपेको भन्दै अहिले त्यसको प्रतिफल सुरु हुन थालेको उनको टिप्पणी थियो ।

नेपाली जनताहरु आफ्नै मौलिक पहिचान बोकेर मिलेर बसेको नेपाललाई टुक्राटुक्रा बनाउने गरी ल्याइएको संघीयताको अवधारणाको नकारात्मक रुप देखिन थालेको बताईन् । बहुमतको कदर गर्दै संघीयताको अवधारणालाई जनताले स्वीकार गर्दा पनि फेरि तराईलाई पहाडबाट टुकार्ने काम भएको भन्दै नेतृ पौडेलले त्यसप्रति आपत्ती जनाईन् । बिरोधसभाको प्रमुख अतिथि समेत रहनुभएकी नेतृ पौडेलले संविधान संशोधन हुनुहँुदैन भन्ने पक्षमा आफूहरु नभएको भए पनि संविधान कार्यान्वयनको चरणमा नआउँदै संशोधनको प्रस्ताव आउनु नेपाली जनताको न्यायको पक्षमा भन्दा पनि बाह्य इसाराबाट देश चलेको महसुस हुने उनको भनाइ थियो । संविधानको त्रुटिहरु थाहा नपाउँदै तराईलाई सिक्किमीकरण गर्न योजना अगाडि बढाएको उनको भनाइ थियो । अब नेपाली जनताहरुले कुन दल कुन पार्टी कुन अवस्थामा रहेको भन्ने बारेमा जानकारी पाइसकेको भन्दै उनले अब सत्यको विजयी हुनेबेला आएको बताईन् ।

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष रेशम बिसीको अध्यक्षतामा भएको कार्यक्रमको बिरोधसभालाई सम्बोधन गर्दै नेकपा मसाल दाङका प्रवक्ता भरत भण्डारीले कायरहरु किनारामा बस्ने र देशभक्ति नेपालीहरु सडकमा आउने बेला भएको बताए । भण्डारीले आक्रोशित भएर नेताहरुको आलोचना गर्दै देशका नेताहरु कायर भएका कारण भारतले हेपेको टिप्पणी गरे । यतिबेला मधेसमा घुसपेठ गर्नेहरुले सिंगो देशसँग बार्गे्निङ गरेको आरोप लगाए । उनीहरु नागरिकता देखि देश नै माग्न सुरु गरेको भन्दै उनले त्यसको विरुद्ध अब राष्ट्रिय जागरणको आवश्यकता रहेकोमा जोड दिए । नेपालीहरुले भारतको राष्ट्रियता र अखण्डताको सम्मान गर्दै आएको भए पनि भारतले नेपालको अखण्डता र राष्ट्रियतामाथि प्रहार गर्दै आएको बताए । नेता भण्डारीले विगतमा नेताहरुले गरेको गण्डक सम्झौता, महाकाली सम्झौता गरेर नेपाली जनताहरुले केही नभएकाले त्यसको हिसाब खोज्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चा दाङले घोराहीमा प्रदर्शन गर्दै कडा रुपमा प्रस्तावको पक्षधर दल तथा नेताहरुको आलोचना समेत गरेको छ । राष्ट्रघाती संविधान संशोधनको प्रस्ताव विरुद्ध संघर्ष गर्न आह्वान गर्दै तराईलाई पहाडबाट अलग्याउने कार्य बिरुद्ध जनमोर्चाले विरोध गर्दै प्रदर्शन गरेको हो । जिल्लाका विभिन्न स्थानबाट घोराहीमा कार्यकर्ता तथा सर्वसाधारणहरुलाई भेला गराएर सत्ताधारी दलहरुको आलोचना गरेको थियो । बिरोधसभालाई अखिल नेपाल युवक संघका केन्दिय सदस्य शशिराम बुढाथोकी, अखिल नेपाल जनजाति सम्मेलनका केन्दिय सदस्य रामबहादुर जिएम, जातीय समता नेपालका केन्द्रीय उपाध्यक्ष टीकाबहादुर विक लगायतले संघीयता कुनै पनि दृष्टिकोणबाट उपयुक्त नभएको विषयमा विगत देखि नै भन्दै आएको र अहिले स्पष्ट बनेको टिप्पणी गरेका थिए । राजमो दाङ जिल्ला उपाध्यक्ष द्रोर्णबहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको बिरोधसभाको सञ्चालन राजमो दाङ जिल्ला सचिव गणेश आचार्यले गरेका थिए ।

सभा अघि राजमोका सयौँ कार्यकर्ताहरुको बिशाल ¥याली संघियता चाहिँदैन, देश टुक्राउन पाईदैन, हिमाल, पहाड, तराई कोही छैन पराई, संविधान संसोधन बिधेयक खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर, भारतीय बिस्तारबाद मुर्दाबाद, अमेरिकी सम्राज्यबाद मुर्दाबाद, पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन, हाम्रा आन्दोलन जारी छ जस्ता नाराहरु लगाउँदै घोराही बजारका विभिन्न चोकमा बिरोध प्रदर्शन गरी तुलसीपुर चोकमा आई बिरोधसभामा परिणत भएको थियो ।