पढ्न करिब 2 मिनेट लाग्छ
<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/6e3673e0d132df722e7f769b4fe7e66d1481557396.jpg" style="width: 800px;"><b>सन्तोषकुमार गुप्ता । दाङ २७ मंसिर ।</b> नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् । रिपोर्टस् क्लव दाङ शाखाले सोमवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले संविधान संशोधन विधेयक संसदबाट पास हुनै नदिने बताए ।<br></p><p style="text-align: justify; ">रिपोर्टस् क्लव दाङले सोमबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले संसदमा हामी त्यो पेश हुनै दिदैनौ र यदि पेश भएमा पनि भोटिङबाट फेल गराउने छौं उने भने’ संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकारले संशोधनको बखेडा झिकेको उनको आरोप थियो । उपाध्यक्ष ज्ञवालीले निर्वाचनको बाताबारण गराउनु पर्ने समयमा अनावश्यक समस्या उत्पन्न गराएको भन्दै सरकारको आलोचना गरेका थिए । २०७४ सालको माघ महिनाभित्र तीन तहको निर्वाचन गराउनु आवश्यक रहेको बताएका उनले निर्वाचन नभएमा संविधानको औचित्यमाथि प्रश्न उठ्न सक्ने बताए । निर्वाचन गरिसकेपछि मात्रै संविधान संशोधनतिर लाग्नु उपयुक्त हुने उनको जिकिर थियो । संविधान लचिलो र गतिशील रहेको भन्दै संशोधनको नाममा सरकारले त्यसको गलत ब्याख्या गरेर अगाडी बढेको ज्ञवालीको दाबी छ । नेकपा एमाले सकारात्मक कदमको पक्षमा रहेको भन्दै संविधान संशोधन जनताको पक्षमा नरहेकाले एमाले लगायत स्वयं सत्तापक्ष दलका नेताहरु सडकमा गएको दावी गरेका थिए । उपाध्यक्ष ज्ञवालीले दाङ ५ नम्बर प्रदेशको राजधानी हुने दावी गरेका थिए ।</p><p style="text-align: justify; ">रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले दाङ राजधानी हुने धेरै कारणहरु भएको भन्दै त्यसका लागि सबै दंगालीको सहयोग हुनुपर्ने उनले बताए । यद्यपी राजधानी हुने नहुने प्रान्तिय सभाले निर्धारण गर्ने उनले बताए । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रेमबहादुर राम्जाले गरेका थिए ।</p>















