पुस ३, परासी | नवलपरासी मोर्चाले शिर्ष नेताहरुको पुतला बनाई आज दाहा संस्कार गर्दै शोकमा दहि चिउरा खुवाएका छन् । हिजो फाँसि दिइएका केपि ओली, चन्द्र भण्डारी र टोप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, परासी | नवलपरासी मोर्चाले शिर्ष नेताहरुको पुतला बनाई आज दाहा संस्कार गर्दै शोकमा दहि चिउरा खुवाएका छन् । हिजो फाँसि दिइएका केपि ओली, चन्द्र भण्डारी र टोप "/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ओली सहित शिर्ष नेताहरुको पुतलालाई दहनः शोकमा दहि चिउरा खुवाइयो

२०७३, ३ पुष आईतवार १५:२२

पुस ३, परासी | नवलपरासी मोर्चाले शिर्ष नेताहरुको पुतला बनाई आज दाहा संस्कार गर्दै शोकमा दहि चिउरा खुवाएका छन् । हिजो फाँसि दिइएका केपि ओली, चन्द्र भण्डारी र टोप बहादुर रायमाझीको पुतलालाई आज परासीमा दहन गर्दै मोर्चाले कार्यकर्ताहरुलाई शोकमा दहि चिउरा खुवाएको हो

जिल्लाको सदरमुकमा परासीमा मोर्चाले आज ति शिर्ष नेताहरुको पुतला दहन गरि आजकै दिन पुण्य तिथिपारी दहि चिउरा खुवाएका मोर्चाले जनाएको छ । ति नेताहरुको अभिव्यक्ति मधेश विरोधी रहेको मोर्चाले आरोप लगाउदै हिजो परासी स्थित बुद्धचोकमा तिनका पुतलाई फाँसी समेत दिइएको थियो आज मोर्चाका कार्यक्रम अनुसार फाँसि दिइएको ति पुतलाहरुको दाहा संस्कार गरिएको जनाएको छ ।

सरकारले मधेशका जिल्लालाई मात्र समेटर प्रदेश नं. ५ बनाउने गरि संविधान संसोधन प्रस्ताव दर्ता गरेको विरोधमा उत्रिएका एमाल र केहि नेताहरुको मोर्चाले चर्काे विरोध गर्दै पुतला बनाई फांसि दिनेदेखि लिएर दाहा संस्कार समेत गरेको मोर्चाले जानकारी दियो ।

एमालले आव्हान गरेको तिन दिने आम हडाताल बन्दलाई मोर्चाले प्रतिकार गर्दै पहिलो दिन एमालेको झण्डा जलाएका थिए भने दोश्रो दिन शिर्ष नेताका पुतला बनाई फाँसि दिएका थिए र आज तेश्रो दिन फाँसि दिइएका ति पुतलाहरुलाई दहन गर्दै दहि चिउरा खाएर क्रिया समेत गरे ।

यता बन्दको आव्हान गर्दै एमाले कार्यकर्ताहरुले सुनवल, भुमही, बर्दघाट लगायतका हाईवे क्षेत्रमा नाचगान गर्दै पुरै बजार ठप्प पारेका छन् भने उता मोर्चा बन्दको विरोध गर्दै फांसि देखि लिएर दाहा संस्कार समेत गरेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी