Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कर्णालीका दु:खका दिन अन्त्य गर्न सरकार तयार: प्रधानमन्त्री

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुष ५, हुम्ला । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका दुखका दिन अन्त्य गर्न सरकार गम्भीर हुने बताएका हुन ।

हुम्लाको सिमीकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कर्णाली र हुम्लाको जनजीवनमा परिवर्तनको अनुभूति भएपछि मात्रै राजनीतिक परिवर्तनको औचित्य सिद्ध हुन्छ ।

हिजोको राजनीतिक क्रान्तिमा कर्णालीको गुणात्मक योगदान छ । अब नयाँ सन्दर्भमा हाम्रो ध्यान कर्णालीको विकास र जनताको जीवनस्तर परिवर्तनमा हुनुपर्दछ ।

सरकार जनताका मागप्रति संवेदनशील छ । मेरो यो उपस्थिति  पनि हो ।’ प्रधानमन्त्रीले भने, ‘हुम्लामा दोस्रोपटक आएको छु, मलाई खुसी र गर्वको महशुस भएको छ ।

प्राकृतिक छटाले भरिपूर्ण हुम्ला अथाह सम्भावना भएर पनि पिछडिएको छ । हुम्लाका राजनीतिक दलका प्रतिनिधिहरुले पेश गर्नुभएको ज्ञापनपत्रप्रति मैले गम्भीर रुपमा ध्यान दिनेछु ।’

आमसभामा प्रधानमन्त्रीले हुम्लामा जलविद्युत्, खेल मैदान, पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनामा आवश्यक बजेट बिनियोजन गर्ने घोषणा गरेका छन ।

प्रधानमन्त्रीले भने ‘हुम्लाको खेल मैदान निर्माणका लागि सरकारले तीन करोड बजेटको व्यवस्था गर्नेछ । जिल्लाका छरिएर रहेका बस्तीलाई एकीकृत नमूना बस्ती निर्माण गर्न, हिल्सा नाका खुला गर्न सरकारले कुटनीतिक पहल गर्नेछ ।’

माओवादी केन्द्रका बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, शक्तिबहादुर बस्नेत लगायतले कर्णालीको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । सो अवसरमा प्रधानमन्त्रीलाई पञ्चेबाजाद्धारा स्वागत गरिएको थियो ।