पढ्न करिब 1 मिनेट लाग्छ

पूस ५, रोल्पा । सांसद अमरसिंह पुनले गाउँ गाउँमा लुकाइएका मानवअधिकार हननका घटना सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

इन्सेक रोल्पाले आज सदरमुकाम लिवाङमा गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१७’ को पूर्वसमीक्षा कार्यक्रममा सांसद पुनले राजनीतिक पद र शक्तिका आडमा मानवाधिकार उलङ्घङ्नका घटना दबाइने गरेको बताउँदै जिल्लाका मानवाधिकार क्षेत्रमा काम गर्ने संस्था र सञ्चारमाध्यमलाई त्यस्ता घटना बाहिर ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले सन् २०१६ मा जिल्लामा भएका मानवअधिकार १४ उलङ्घनसम्बन्धी घटनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा उल्लिखित मानवाधिकार उल्लङ्घनका घटनामा बोक्सी आरोप, बालविवाह, शिशु हत्या, बालक हत्या, बलात्कार, पतिद्वारा हत्या दुई दुई तथा यौन दुव्र्यवहार र नागरिकता नबनाइदिएको एक घटना उल्लेख छ । प्रतिवेदनमा घरेलु हिंसाका २५ घटना समेत समावेश गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले गाउँ गाउँमा हुने मानवाधिकार उल्लङ्घनका घटनालाई समावेश गर्नुपर्ने सुझाव दिएका थिए । रासस