पुस ८, सुर्खेत । बिभिन्न ६ बुँदे सामूहिक प्रतिवद्धता गर्दै सुशासन तथा जवाफदेहीता अभिवृद्धिका लागि आयोजना गएिको २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ८, सुर्खेत । बिभिन्न ६ बुँदे सामूहिक प्रतिवद्धता गर्दै सुशासन तथा जवाफदेहीता अभिवृद्धिका लागि आयोजना गएिको २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । "/>

2026-08-30 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार नियन्त्रणका लागि ६ बुँदे प्रतिबद्धता


पुस ८, सुर्खेत । बिभिन्न ६ बुँदे सामूहिक प्रतिवद्धता गर्दै सुशासन तथा जवाफदेहीता अभिवृद्धिका लागि आयोजना गएिको २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठीमा सहभागी सरोकारवालाहरुले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता,सुशासन तथा जवाफदेहीता अभिबृद्धिका लागी सामुहिक प्रतिवद्धता जनाएका छन । उनीहरुले सरकारी तथा गैरसरकारी निकाय,संघ संस्थामा नागरीक वडापत्र,सूचना पार्टि,सुचना अधिकारी,गुनासो सुनुवाईको संरचनालाई प्रभावकारी बनाउँने प्रतिवद्धता जनाएका छन । 

सहभागीहरुले सुशासन कायम गर्नका लागि सबैले आफ्नो ठाउँबाट पहल थाल्नुपर्नेमा जोड दिएका छन । जिल्ला बिकास समिति सुर्खेतको सहयोगमा भएको भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता,सुशासन तथा जवाफदेहीता अभिवृद्धिमा सरोकारवालाको भूमिका विषयक कार्यशालामा सहभागीहरुले नैतीकतामा सुधार ल्याउँन सकेमा सुशासन कायम हुने निष्कर्ष निकालेका छन । 

समापन कार्यक्रममा निमित्त स्थानीय बिकास अधिकारी परशुराम उपाध्यायले जिबिसवाट हुने योजना तर्जुमाको कार्यान्वयन तथा मुल्यांङकन गरेर सुशासन कायम गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । उपाध्यायले भ्रष्टाचार नियन्त्रणका लागि पत्रकारहरुको भूमिका सबै भन्दा महत्वपूर्ण हुने भएकाले समाजमा सुशासन कायम गर्ने अभियानमा सधै खबरदारि गरेर सहयोग गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा जिल्ला बिकास समितीका सामाजिक बिकास अधिकृत टंकपंसाद लामिछानेले सुशासन कायम गर्नका लागी जिम्मेवार निकायहरुने प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालयका डिएसपि बहादुरजंग मल्लले भ्रष्टाचार न्युनिकरण गरी सुशासन कायम गर्ने सवालमा सधै प्रतिवद्ध रहेको बताए । गोष्ठीको सहजिकरण किर्डाक नेपाल र सहयोग स्ट्रोमा फाउन्डेसनले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने