पढ्न करिब 1 मिनेट लाग्छ

पुस ९, नवलपरासी । नेपाली कांग्रेस रामग्राम नगरपालिका वडा नम्बर १२ को वडा भेला आज सम्पन्न भएको छ ।

अगामी निर्वाचनलाई मध्यनजर गर्दे कार्यकर्ताहरुलाई सक्रिय पार्ने उद्धेष्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपली कांग्रेसका जिल्ला सचिव बिक्रम यादवको प्रमुख आतिथ्य तथा वडा सभापति भगवति गुप्ताको सभापतित्व रहेको थियो ।

सो अवसरमा जिल्ला सदस्य पलकधारी गुप्ता, क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ता, नगर सभापति नरायण रेग्मी, बैजनाथ जैसवाल लगायतले वडा स्तरबाटनै संग्ठन विस्तार गर्दै मजबुत बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

कांग्रेस नवलपरासीले जिल्ला तहदेखिनै वडा तहसम्म विभिन्न कार्य समितिहरुलाई पुर्णता दिदै संग्ठनका लागि सक्रिय बनाउदै गरेको क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ताले बताउनु भयो । कार्यक्रममा बोल्ने अधिकांस नेताहरुले स्थानीय निकायको निर्वाचनमा कांग्रेस पहिलो स्थानमा हुने बताएका थिए । बडा नम्बर १२ अन्तर्गत रामग्राम नगरपालिकाको कसिया, पचगाँवा र कुनवार गाँउ पर्दछ ।