2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

माओवादी केन्द्र ७ नम्बर प्रदेशको निर्णय यस्ता छन्

दिनेश ठकुल्ला | पौष १०, धनगढी । नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर सातको बैठकले सात नम्बर प्रदेश अन्तरगतका जिल्ला तथा जनवर्गीय संगठनको जिम्मेवारी हेरफेर गरेको छ । यही पुस ६ गतेदेखि ९ गतेसम्म संचालन भएको बैठकले जिल्ला इन्चार्ज तथा जनवर्गीय संगठनमा नेतृत्व हेरफेर गरेको बैठकका निर्णय सार्वजनिक गर्न आईतबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

बैठकले प्रदेश इन्चार्ज लेखराज भट्टको संयोजकत्वमा ५१ सदस्यीय प्रादेशिक सचिवालय तथा ९ सदस्यीय कार्यालय समिति गठन गरेको छ । कार्यालय समितिमा नेता खगराज भट्ट, लक्ष्मणदत्त जोशी, तारामान स्वाँर, देवराज रेग्मी, बीरमान चौधरी, नेपबहादुर चौधरी, विना मगर र जगत पार्की सदस्य रहनुभएको छ । कैलालीमा हरि चुधरी उत्सव, डोटीमा त्रिलोचन भट्ट, दार्चुलामा मानसिंह धामी, बाजुरामा सहदेव बोगटी, बैतडीमा नरेन्द्र कुँवरलाई संयोजकको जिम्मेवारी दिइएको जनाईएको छ । संगठन विभागहरुमा समेत जिम्मेवारी हेरफेर गरिएको प्रदेश संयोजक लेखराज भट्टले बताउनुभयो । बैठकले स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ । स्थानीय निकायको निर्वाचनमा प्रदेशबाट जितका लागि पार्टीलाई शसक्त र एकतावद्ध गर्नका लागि जिम्मेवारी हेरफेर गरिएको उल्लेख गर्दै नेता भट्टले निर्वाचनको तयारीका लागि ‘सर्कुलर’ गरिएको बताउनुभयो । नेता भट्टको संयोजकत्वमा स्थानीय तह निर्वाचन तयारी समिति गठन गरेको छ । संघीय संरचनाभित्र थारुलगायत अल्पसंख्यक जनजातीको अधिकार सुनिश्चितताका लागि छलफल चलाउनुका साथै ती समुदायको कार्ययोजना स्थानीय निर्वाचनसंग जोड्ने बताउनुभयो । अहिले आफ्नो पार्टी नेतृत्वको सरकार भएकाले यस क्षेत्रका विकासका मुद्धाहरुलाई अगाडि बढाउन पहल भइरहेको उहाले बताउनुभयो । सडक सञ्जाल विस्तार, दुई देश जोड्ने नाकाको स्तरोन्नती, चमेलिया, पश्चिम सेती जलविद्युत आयोजनाको निर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण भएको उल्लेख गर्दै नेता भट्टले यी योजनाहरुको कामसमेत अगाडि बढेको बताउनुभयो । 

यस्तै पुस मसान्तसम्म सदस्यता नविकरण गर्ने, माघ मसान्तभित्र गाविस तथा नगर सम्मेलन गर्ने र फागुनमा प्रदेश सम्मेलन गर्ने कार्ययोजना बैठकले तय गरेको छ । नेता भट्टले केही नेताहरु पार्टी परित्याग गर्दैमा पार्टी कमजोर नहुने भन्दै आउने जाने क्रम भईरहने टीप्पणी समेत गर्नुभएको छ । पार्टीभित्र असन्तुष्टि हुनसक्ने भन्दै असन्तुष्टिलाई पार्टीभित्रै छलफल गरेर समाधान गरिनुपर्नेमा जोड दिईएको छ । पुस ६ गते शुरु भएको बैठकको पहिलो दिने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता राम बहादुर थापा बादल सहभागि हुनुभएको थियो । नेताहरुले समेत स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्देशन दिएका थिए । 

फोटोः माओवादी केन्द्रको प्रदेश नम्बर सातले गरेका निर्णय सार्वजनिक गर्दै ईन्चार्ज भट्ट लगायतका नेताहरु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई