Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीमा अखण्ड प्रदेशका थप आन्दोलनका कार्यक्रम घोषणा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ११, नवलपरासी । पाँच नम्बर प्रदेश अखण्ड राख्नुपर्ने माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति परासीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सघर्ष समितिमा आवद्ध दलहरुले आज संयुक्त विज्ञप्ती जारि गर्दै भोली देखि आगामी पुस २७ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । सार्वजनिक गरिएका कार्यक्रममा आमहडताल भने गरिएको छैन ।  भोली पुस १२ गते देखि १८ गते सम्म अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा आम नागरिकको हस्ताक्षर संकलन गरिने भएको छ ।

यस्तै पुस १४ गते युवा संघ रुपन्देहिका अध्यक्ष दुर्गा तिवारीको शोकसभामा एमाले अध्यक्ष केपि ओलीको सम्बोधनमा सहभागि हुने, पुस १९ र २० गते प्रत्येक वडाहरुमा जुलुस र वडा भेला गर्ने, पुस २२ गते नौ दलको आयोजनामा काठमाडौँमा हुने संयुक्त जनसभामा सहभागि हुने, पुस २७ गते जिल्ला स्तरिय जुलुस तथा आमसभा आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो । संयुक्त संघर्ष समितिको तर्फबाट नेकपा एमालेका थानप्रसाद गैरे, नेकपा मालेका डिलाराम पाण्डे, राष्ट्रिय जनमोर्चाका जित बहादुर पौडेल लगायतले हस्ताक्षर गर्नुभएको छ ।