Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पुष १७ गते कञ्चनपुरमा राप्रपाद्वारा आमसभाको आयोजना

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सी । पुस ११, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल विचभएको पार्टी एकिकरण साथै फागुन ६, ७, ८ र ९ गते काठमाडौमा हुने महाधिवेशनको पूर्व तयारी स्वरुप पुस १७ गते कञ्चपुरमा आमसभाको आयोजना गरिएको छ, जसलाई पार्टीका अध्यक्ष कमल थापाले सम्बोधन गर्ने आयोजक राप्रपा नेपालले पत्रकार सम्मेलन जानकारी दिएको छ ।

साथैै पुस १८ गते प्रदेश नं.७ का सम्पुर्ण केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष लाई १ दिने कार्यकर्ता प्रशिक्षण रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पतिराम चुनाराले बताए ।

पार्टी एकताले कार्यकर्तामा ठुलो हौसला, उर्जा थपेको छ, पुस १७ गते हुने आमसभामा पार्टी अध्यक्ष कमल थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राष्ट्रिय अध्यक्ष पशुपती सम्सेर जस्ता राप्रपाका हस्तीले सम्बोधन गर्ने र आगामी रणनिती र आफ्ना एजेण्डा जनता सामु प्रस्तुत गर्ने केन्द्रिय सदस्य तथा प्रचार प्रसार विभागका  हेमबाबु लेखकले बताए ।

हिन्दु राष्ट्र नेपाल दुवै पार्टीको साँझा माग भए पनि राजा संस्था हुने कि गणतन्त्र भने विषयमा पार्टीको महाधिवेशन पछि तय हुने, आफ्ना चुनाव चिन्ह् पनि हलो हुने वा गाई भन्ने पनि महाधिवेशनले नै तय गर्ने राप्रपा नेपालका केन्द्रिय सह–महामन्त्री धर्मराज जोशीले बताए ।

त्यसैगरी राजाले बोल्दा यहाँका पार्टीहरुलाई किन टाउको दुखाई सर्वसाधारण सरह भएको राजाले आफ्नो कुरा राख्दा किन विवाद ? यात त्यहिबेला राजालाई देश निकाल गर्नु पर्ने होइन भने जनता सरहभएका राजाले आफ्नो कुरा राख्न पाउनु पर्ने राप्रपाका केन्द्रिय सदस्य नन्दलाल चटौतले बताउनु भयो ।