(समाचार विश्लेषण) पर्वत । कोइराला समूहबाट तत्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  (समाचार विश्लेषण) पर्वत । कोइराला समूहबाट तत्का"/>
२०८३, १० जेष्ठ आईतवार
पर्बत - PBT

गुट परिर्वतनको उपहार : केन्द्रिय सदस्यमा चुनाव हारेका अर्जुन जोशी केन्द्रिय सदस्यमै मनोनित…

२०७३, १६ पुष शनिबार ०४:३२

 (समाचार विश्लेषण) पर्वत । कोइराला समूहबाट तत्कालीन संस्थापन पक्षमा लामो समय लागेका पर्वत क्षेत्र न १ का सांसद अर्जुन जोशीले नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमा समूह परिर्वतन गरी देउवा समूहमा लागे । कोइराला समूहमा लामो समय लाग्दा पनि मन्त्री पद पाउन नसकेको भन्दै समूह परिर्वतन गरेको हल्ला बाहिर आएपनि उनले यस विषयमा सिधा भाषामा स्पष्ट पारेनन ।

समूह परिर्वतन गरेर केन्द्रिय सदस्य पदमा उठेपनि उनी अन्ततः देउवा समूहबाट केन्द्रिय सदस्य पदमा पराजीत भए ।

जिल्लाको नेपाली कांग्रेसमा एकछत्र राज गरीरहेका सांसद जोशी पटक पटक नेपाली कांग्रेसको केन्द्रिय सदस्य भए भने विदेश विभाग सदस्य समेत भएका थिए । जिल्लामा तत्कालीन कोइराला पक्षधरको अत्याधिक बहुमत भएका कारण उनी जिल्लामा सधै सत्तापक्ष जस्तै कार्यकर्ता माझ नेतृत्वकर्ता समेत बने ।

पछिल्लो महाधिवेशनमा संस्थापन पक्षबाट सभापति पदमा उठेका रामचन्द्र पौडेललाई छाडेर सभापति पदका प्रत्यासी शेरबहादुर देउवासंग समूहगत लबीमा लागेपछि भने जोशी जिल्लामा कमजोर मानिदै आएका छन ।

तत्कालीन संस्थापन पक्षले साथ छाडेको र देउवा पक्षका नेताहरुसंग उनको पुरानो सम्बन्ध त्यति धेरै राम्रो नभएका कारण जिल्लामा उनी नेता तथा कार्यकर्ता माझ एक्लिदै गएपनि अन्ततः उनी केन्द्रिय सदस्यमा भने पार्टी सभापति शेरबहादुर देउवाको निगाहामा परेका छन ।

केन्द्रिय सदस्य हारेर महाधिवेशन प्रतिनिधिले नरुचाएका जोशीलाई सभापति देउवाले केन्द्रिय सदस्य पदमा मनोनित गरेका छन । यस अघि पनि वर्तमान सरकारको मन्त्री वा केन्द्रिय सदस्य मध्ये एक पद रोज्न जोशीलाई देउवाले आग्रह गरेपनि उनले दुवै पद रोजेको जोशी निकट श्रोत बताउँछ ।

देउवाले दुवै पद दिन अस्विकार गरेपछि जोशीले अधिकार सम्पन्न क्याविनेट मन्त्री नपाउने भएपछि अर्को पटकका लागि मन्त्रीको दाबेदार प्रस्त्ुत गर्न केन्द्रिय सदस्य रोजेका थिए । जोशी निकट श्रोत भन्छ–‘मन्त्री ९ महिनाका लागि हुनसक्छ, केन्द्रिय सदस्य एक कार्यकालका लागि हो, त्यसैले जोशीले मन्त्रीलाई भन्दा केन्द्रिय सदस्यलाई प्राथमिकतामा राखेका थिए ।’

जोशी तत्कालीन कोइराला समुहमा लाग्दाका देउवा पक्षका पर्वतका नेताहरुले दुवै पद जोशीलाई नदिन लामो समय देखि देउवासंग लबिङ भने गरीरहको थिए । कांग्रेस निकट श्रोत भन्छ–‘जोशी जत्तिको नेता धौलागिरी क्षेत्रमा कांग्रेस भित्र नभएका कारण देउवाले केन्द्रिय सदस्य बनाउनु कुनै नौलो होइन ।’

२०५६ साल २०६४ र २०७० सालमा भएका आम निर्वाचनमा जोशीले पर्वत क्षेत्र न १ बाट विजयी हासिल गरेका थिए । ३ पटक लगातार सांसद भएपनि क्याविनेट मन्त्री नभएको भन्दै उनी निकट नेता तथा कार्यकर्ताहरुले केन्द्रिय नेतृत्वलाई भने पटक पटक दबाद दिदै आएका छन । वर्तमान सरकारमा जोशीको ठाउँमा मुस्ताङका रोमी गौचनलाई मन्त्री बनाएपछि जोशी स्वयम र उनी निकट कार्यकर्ताहरुले केन्द्रीय नेतृत्वसंग आक्रोस पोख्दै आएका छन ।

लामो समय सांसद पद जितेपछि जिल्लामा देखिने गरी विकास निर्माणका योजनाहरुमा ध्यान नदिएको र ब्यक्ति केन्द्रित टुक्रे योजनाहरुमा ध्यान दिएको आरोप लाग्दै आएका जोशीले नेपाली कांग्रेसलाई बलियो बनाउने भन्दा आफू र आफनो परिवारको छवि जिल्लामा बलियो बनाउने अभियानमा लागेको आरोप समेत उनलाई कार्यकर्ताहरुले लगाउँदै आएका छन ।

उनी तस्रो पटक नेपाली कांग्रेसको केन्द्रिय बनेका छन । नेपाली कांग्रेसको केन्द्रिय कार्यालयले दिएको जानकारी अनुसार उनलाई शुक्रबार केन्द्रिय सदस्य पदमा मनोनित गरिएको हो ।


सूचनाकेन्द्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ