पुस १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच व्यवस्थापिका– संस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच व्यवस्थापिका– संस"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री र मधेशी मोर्चाबीच के भयो सहमति ?

१६ पुष २०७३, शनिबार ०६:०६


पुस १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव अघि बढाउने तथा स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा जाने सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँहरुबीच भएको भेटवार्तामा सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन सम्बन्धी प्रस्ताव अघि बढाउने र मधेसी मोर्चाले निर्वाचनको वातावरण बनाउने सहमति भएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । 

सरकारको तर्फबाट सो अवसरमा संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव अघि बढाएर निर्वाचन सम्बन्धी कार्यतालिका निश्चित गर्न समझदारी आवश्यक रहेको विषय प्रस्तुत गरिएको थियो । 

नेता कर्णका अनुसार भेटवार्तामा प्रधानमन्त्री दाहाल र मोर्चाका नेताले संविधान सशोधन, स्थानीय निकायको निर्वाचनका अतिरिक्त संसद्को गतिरोध अन्त्य गर्नेलगायत समसामयिक विषयमा केन्द्रित रहेर छलफल गरेका थिए । 

मोर्चाले यथाशीघ्र संविधान सशोधन प्रस्ताव सदनमा टेबल गरेर पारित गर्ने प्रक्रियामा अघि बढाउन र त्यसपछि निर्वाचनतर्फ मुलुकलाई अग्रसर तुल्याउन राखेको प्रस्तावलाई प्रधानमन्त्री दाहालले सकारात्मकरुपमा लिएका थिए । 

मोर्चाले संशोधन प्रस्ताव पारित गरेपछि निर्वाचनको वातावरण बनाउने प्रतिवद्धता जाहेर गरेको थियो । भेटवार्तामा प्रधानमन्त्री प्रचण्ड, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता पम्फा भूषाल तथा मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, ह्रदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, महेन्द्र राय, राजकिशोर यादव, अनिलकुमार झालगायतका नेता सहभागी भएका थिए । 

मधेसवादी दलहरुले उठाएको मागलाई सम्बोधन गर्ने विषयमा सहमति कायम गर्न सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतले अस्वीकार गर्दै आएका छन् । 

नेकपा एमालको निरन्तरको अवरोधका कारण एक महिनादेखि व्यवस्थापिका–संसद्को गतिरोध अन्त्य हुनसकेको छैन । आन्दोलनरत मधेसवादी दलको मागलाई सम्बोधन गर्ने क्रममा सरकारले नागरिकता, प्रदेशको सीमाङ्कन, भाषा र राष्ट्रिय सभामा प्रादेशिक प्रतिनिधित्व जस्ता विषयमा संशोधन अघि बढाएको छ । 

प्रमुख प्रतिपक्षले भने उक्त प्रस्ताव नेपाल र नेपाली जनताको भावनाको विरुद्धमा रहेकोले कुनै पनि हालतमा त्यसमा आफूहरु सहमत हुन नसक्ने अडान राख्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’