पढ्न करिब 2 मिनेट लाग्छ

मोहम्मद ईजहार शेष/पुस १८, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृह राज्यमन्त्री देवेन्द्ररा कण्डेलले दोस्रो संविधान सभावाट जारी भएको नेपालको संविधान २०७३ विगतको आन्दोलनको उपल्बधी भएको बताउनु भएको छ ।

माउन्टेन टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दे केन्द्रिय सदस्य कण्डेलले विभिन्न दलको सहमतिले संविधान जारी गरिएकाले अहिले कार्यन्वयको बेला आएको र सबै दल मिल्नुपर्नेमा जोड दिनुभयो ।

जारी गरिएको संविधानमा मधेसी जनजाती लगायतका विभिन्न समुदायको आन्दोलनले अपरिहार्य भुमिका निर्वाह गरेकाले उनिहरुलाई बाईपास गरेर कार्यन्वयनमा जान नसकिने कण्डेलको भनाई थियो । ब्यवस्थापिका संसदमा दर्ता भएको संविधान संसोधन प्रस्तावको सन्दर्भमा उँहाले प्रस्तावको विषयमा संसदमा छलफल गर्नुपर्ने र प्रजातन्त्रमा विश्वास गर्ने दलहरुले बहुमतमा पनि विश्वास गर्नुपर्ने बताउनु भयो ।

अहिलेको आवश्यक्ता तिन तहको निर्वाचन भएकाले निर्वाचन सम्पन्न गराउनका लागि पनि संविधान संसोधन गरि कार्यन्वयनमा ल्याउनु पर्ने र स्थानीय निकायको निर्वाचन गर्नु आवश्यक रहेकोमा उँहाले जोड दिनुभयो । तराईको नवलपरासी जिल्लावाट केन्द्रकै एक प्रभावशाली नेता रहेका कण्डेले सिमाको संरक्षणमा तराईका जनताको अमुल्य योगदान रहेकाले उनिहरुको जायज मांग सम्बोधन गर्नुमा राज्यले कन्जुस्याई गर्न नहुनेमा उँहाले जोड दिनुभयो ।

सिमा संरक्षणमा नवलपरासीको सुस्तावासी लगायतका सिमावर्ति क्षेत्रका बासीन्दाहरुले वास्तवीक राष्ट्रियता देखाएको भन्दै कण्डेलले उनिहरुको प्रशंसा गर्नुका साथै सिमाको समस्या कुटनितिक तरिकाले समाधान गर्नुपर्नेमा राज्य गम्भीर हुनुपर्ने बताउनु भयो ।