पुस १८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज पनि संसद् बैठक अवरुद्ध गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज पनि संसद् बैठक अवरुद्ध गरेको "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बैठक फेरि पनि अबरुद्ध, आजै ४ बजे बस्ने

१८ पुष २०७३, सोमबार ०८:५१

पुस १८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज पनि संसद् बैठक अवरुद्ध गरेको छ । 

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध गरेका थिए । संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै प्रतिपक्षी दलले मङ्सिर १६ गतेदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन् । 

आज बैठक अवरोधबीच सभामुख ओनसरी घर्तीले नेकपा मालेका सांसद कलम विश्वकर्मालाई बोल्न समय दिए । उनले सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संविधान विपरीत रहेको बताए । 

उनले संशोधनमा अङ्गीकृत नागरिकताको प्रमाणपत्र दिनेलाई खुकुलो बनाउन, मातृभाषा नरहेको भाषालाई कामकाजी भाषा बनाउन खोजिएको आरोप लगाउँदै संशोधन प्रस्ताव राष्ट्रहित, एकता र सुरक्षाको पक्षमा नरहेको उल्लेख गरे । 

सांसद विश्वकर्माले भने– “प्रस्तावित ५ नं प्रदेशबाट तराईलाई अलग गर्नु भनेको एक मधेस एक प्रदेशको अवधारणा लागू गर्न खोज्नु हो । सीमाङ्कनको फेरबदल गर्ने अधिकार वर्तमान सरकारसँग छैन ।” 

निर्वाचन सम्पन्न गर्ने अभिभारा पूरा गर्न जरुरी: सभामुख घर्ती 

यही बीचमा सभामुख ओनसरी घर्तीले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाधीनतालाई बलियो तुल्याउँदै लोकतन्त्र र शान्तिलाई स्थायित्व प्रदान गर्ने दायित्व बोकेका राजनीतिक दलहरुले आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्ने अभिभारालाई पूरा गर्न जरुरी रहेको बताइन । 

यसका लागि उनले हाल संसद्को गतिरोध अन्त्य गर्न आह्वान गर्दै यसका लागि सहयोग गर्न प्रमुख प्रतिपक्षीदललाई आग्रह गरिन । सभामुख घर्तीले विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाइरहँदा पटक पटक आसन ग्रहण गर्न आग्रह गरेकी थिइन् । 

तर प्रतिपक्षी दलका सांसदहरुले विरोधलाई जारी नै राखेपछि सभामुखले प्रतिपक्षी दलका सांसद आफ्ना ठाउँमा उभिएर विरोध गरेको अवस्था भनेको सदन अवरोधको अवस्था भएको हो भन्दै बैठक आजै ४ बजेसम्मका स्थगित भएको घोषणा गरिन् । 

कार्यसूचीमा संविधान संशोधन 

सदनको आजको बैठकको कार्यसूचीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन २०७३ सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुने कार्यक्रम थियो । 

यसैगरी, आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले नेपालको संविधान (दोस्रो संशोधन, २०७३) प्रस्तुत गर्नुहुने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तउपर सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले दर्ता गर्नुभएको महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’