2026-09-18 08:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तिफदीको सम्झना गर्दै रामेछापमा २० औं बेथान वीरता स्मृति दिवस मनाईयाे

पाैष २०, रामेछाप ।

रामेछापमा दुई माअाेवादीले छुट्टाछुट्टै कार्यक्रम गरि  २० औं बेथान वीरता स्मृति दिवस मनाएकाे छ । शान्ति प्रकृयापछि विभिन्न समयमा विभाजित भएका नेकपा माअाेवादी केन्द्र र  विप्लव नेतृत्वकाे नेकपा माअाेवादी छुट्टाछुट्टै कार्यक्रमकाे अायाेजना गरेका हुन् । रामेछापको बेथानस्थित तिफदी स्मारकमा नेकपा माओवादी केन्द्र बेथान गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले सहिदले देखाएको सपना पूरा गर्न अझै निरन्तर लागि परिरहेकाे बताउनु भएकाे छ । उहाँले उत्पीडित,विपन्न, दलित जनताका अार्थिक,सामाजिक विकासका निम्ति सदैव अघिबढि रहने धारणा राख्नुभयाे ।

 माअाेवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठले जिल्लाको विकास निर्माण, सडकहरुको स्तरउन्नती र कालोपत्रेको लागि पनि बजेट बृद्धि गर्नको लागि आफू लागि परेको बताउनुभयो । श्रेष्ठले भन्नुभयाे -” संविधानको कार्यान्वयनको लागी २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने  बाध्यता छ तर एमालेले निरन्तर संसद अवरुद्ध गर्दा स्थानीय तहको निर्वाचनको मिति घाेषणा गर्न सकेकाे छैन ।” 

 कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता धावा लामा, पूर्व सभासद डिल्लीमान तामाङ लगाएतका नेताले सम्बोधन गर्नुभएको थियो ।

यता माओबादीबाट अलग भएको बिप्लप नेतृत्वको नेकपा माओबादीले रामेछाप सदरमुकाम मन्थलीमा एक कार्यक्रम गरेर बेथान बिरता दिवस मनाएको छ । ताम्सालिङ ब्युरो सदस्य सरद रसाईलिको प्रमुख आतिथ्यता एंव जिल्ला सेक्रेटरी सन्तोष कोइरालाको अध्यक्षता भएकाे साे कार्यक्रममा सामना संस्कृतीक परिवारको सांगतिक प्रस्तुति राखिएकाे थियाे । कार्यक्रममा पार्टीको रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्धको सहीदहरु तिफदीले देखाएको बाटोमा देश नगई बिदेशि शक्तिहरुको योजनामा देश फसिरहेको बताएका थिए । उनीहरूले अाफ्नाे पार्टी शहिदले देखाएको बाटोमा निरन्तर लागिरहने बताएका छन ।

२०५३ साल पुस १९ गते राती माओवादीले बेथानको पानीघाटमा रहेकाे प्रहरी चौकी आक्रमणको गरेकाे थियाे । साेहि क्रममा तत्कालीन माओवादीबाट तिर्थ गौतम, फत्तबहादुर स्लामी मगर र दिलमाया बम्जन तामाङले ज्यान गुमाएका थिए । माओवादीले बेथान चौकी कब्जा गरेर ल्याएको हतियार जनयुद्ध ठुलाे सहयाेग पुगेकाे थियाे । ज्यान गुमाएका तिनै सहिदकाे नामबाट रामेछाप जिल्लामा अहिले रेडियाे तिफदी समेत संचालनमा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई