प्रज्वल पौडेल/पुस २२, काठमाडौ । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सामुदायिक रेडियोहरुले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/पुस २२, काठमाडौ । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सामुदायिक रेडियोहरुले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ "/>

2026-06-26 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाज परिवर्तनको लागि संचारको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री

2017-01-06


प्रज्वल पौडेल/पुस २२, काठमाडौ । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सामुदायिक रेडियोहरुले समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक संघको १२ औ साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजको बिषयलाई गहिराईमा पुगेर अध्ययन गरि समाचार तथा बिचार संप्रेषण गर्न उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो-"रत्नपार्क र सिंहदरबारमा काम गर्ने पत्रकार भन्दा ग्रामिण, विपन्न समुदायमा पुगेर काम गर्ने पत्रकारको भुमिका महत्त्वपूर्ण छ ।"

उहाँले आमसंचार प्रतिष्ठान मार्फत पिछडिएका समाजको बिषय बाहिर ल्याउन चाहने पत्रकारका लागि सरकारले बिशेष सहयोगको प्याकेज ल्याउने र पत्रकारलाई तालीम समेत दिने तयारी पनि गरिरहेको जानकारी दिनुभयो । 


नेपालमा सय भन्दा जाति,भाषा भएको बताउदै कार्कीले सबै भाषा, जाति हाम्रा हुन् भन्ने सोचेर सामुदायिक रेडियोले सामाग्री उत्पादन गरेर प्रशारण गर्नुपर्ने धारणा राख्नुभयो । रेडियोकर्मीले रेडियोको विकासका लागि काम गर्नुपर्ने भएकाले पत्रकारले राजनीति भन्दा पनि संचारको विकासका लागि लाग्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

महाधिबेशनमा देशभरका सामुदायिक रेडियोका करिब ३ सय रेडियोकर्मि सहभागी भएका छन् । साधारणसभाले अकोराबको नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ