पढ्न करिब 1 मिनेट लाग्छ

भास्कर के.सी | पुस २५, कञ्चनपुर | अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमसी दल्ने अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य दुई जना प्रकाश शाही र चन्द्र बुढालाई प्रहरीले गिरफ्तारी गरेको भन्दै दुवैलाई विना शर्त स–सम्मान रिहाई गर्नु पर्ने माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आइतबार विभिन्न विद्यालयका विद्यार्थीहरुलाई भेला गर्दै मदनचोक बाट र्याली निकाली बजार परिक्रमा गरी पुनः मदनचोकमै कोण सभा गरेको छ ।

त्यस लगतै जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा आफ्ना १८ बुँदे माग सहितका ज्ञापन पत्र जिल्ला शिक्षा अधिकारीलाई बुझाएका छन् भने सात दिन भित्र आफ्ना माग सम्बोधन नभए कडा भन्दा कडा आन्दोलन गर्ने ज्ञापन पत्र मार्फत जनाएका छन् ।

शिक्षामा विकृति, विसंगति, भ्रष्टचार र घुसखोरी देखिएको भन्दै पुस २४गते प्रर्दशन, २६ गते शैक्षिक आम हडताल र २७ गते थप संर्घषको कार्य गरिने अखिल क्रान्तिकारीका सचिवालय सदस्य वि.पि.उपाध्यायले बताउनु भयो ।