पुस २८, अर्घाखाँची । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाले) सँग सहमति भएको बताएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, अर्घाखाँची । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाले) सँग सहमति भएको बताएका छन् । "/>
2026-07-25 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ: ऊर्जामन्त्री

पुस २८, अर्घाखाँची । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाले) सँग सहमति भएको बताएका छन् । 

प्रेस सेन्टर नेपालले बिहिबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त गरे । 

मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने पनि आश्वासन दिए । 

उनले देशभिर नै विद्युत्भार कटौती अन्त्य गर्र्ने गरी ऊर्जा मन्त्रालय लागिपरेको बताउँदै अहिले काठमाडौँसहितका सहरमा विद्युत्भार कटौती मुक्त भएको उल्लेख गरे । 

उनले अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगङ्गा, अरुण तमोर, बूढीगण्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक