पुस २९, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले एक आमा समुहलाई पोषाक वितरण गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २९, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले एक आमा समुहलाई पोषाक वितरण गरेका छन् । 

2026-09-19 02:22 PM
नवलपुर - NWL

कांग्रेस नेता कण्डेलद्धारा ५० जना महिलालाई पोषाक वितरण


पुस २९, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले एक आमा समुहलाई पोषाक वितरण गरेका छन् । 

नवलपरासीको जहदा स्थित मझेरी आमा समुहका ५० जना सदस्यलाई नेता कण्डेलले पोषाक वितरण गर्नु भएको हो । आज जहदामा आयोजित पोषाक वितरण कार्यक्रममा नेता कण्डेलले समाज परिवर्तनमा महिला पुरुषको समान हक रहेको बताएका छन् । 

यस आमा समुहले यस क्षेत्रका सामाजिक कुरिती र अपराधहरुलाई न्युनिकरणमा सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो । आमा समुहलाई पोषाक वितरण गर्दै नेता कण्डेलले जसरी यसका सदस्य पोषाकमा झल्किनु हुनेछन् त्यस्तै यस क्षेत्रको पनि सामाजिक र संस्कृति  झल्काउनमा उहाँहरुको महत्वपुर्ण सहयोग रहने आश व्यक्त गर्नु भयो ।  

९ महिना अगाडी गठन गरिएको यस आमा समुहले बालबालिका तथा जेष्ठनागरिकलाई मनोरन्जन एवं शान्तीपुर्ण वातावरण दिनका लागि जहदामै एक पार्कको अवधारणा बोकी यसको निर्माण कार्यमा जुटेको आमा समुहका अध्यक्ष रेवती बरालले बताउनु भयो । ८ कट्टा सार्वजनिक जग्गामा पार्क निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट ७० हजार रुपिया संकलन गरि जग्गाको तारबार र वृक्षारोपण समेतको कार्य अगाडी बढि सकेको अध्यक्ष बरालले बताउनु भयो ।

आमा समुहकि अध्यक्ष रेवती बरालको अध्यक्षता तथा नेका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाली कांग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नेका पुर्व उपसभापति दिप प्रसाद लोहनी, गाविस सचिव गणेश पौडेल स्थानिय समाजसेवी दिपक बराल लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो