माघ ४, नेपालगन्ज । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताएका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, नेपालगन्ज । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताएका छन् ।&"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतभेदले लोकतन्त्रलाई अझ परिष्कृत गर्छ: सञ्चारमन्त्री

२०७३, ४ माघ मंगलवार ०८:५७

माघ ४, नेपालगन्ज । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने बताएका छन् । 

प्रेस सेन्टर बाँकेद्वारा मंगलबार नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने– “निर्वाचनका लागि सबै दल तयारी अवस्थामा रहेकाले निर्वाचन हुँदैन कि भनेर प्रश्न उठाउनु सान्दर्भिक छैन ।” 

संविधान संशोधन प्रस्तावको प्रक्रिया छुट्टै विषय भएकाले यसले निर्वाचनलाई प्रभावित नपार्ने बताउँदै मन्त्री कार्कीले समग्र राजनीतिक विषयलाई सम्बोधन हुने गरी दलहरुसँग छलफल गरेर सरकारले सहमतिको बाटो तय गर्ने स्पष्ट पारे । 

उनले भने- “पक्ष र विपक्ष लोकतन्त्रको सुन्दर गहना हो, यदि मतभेद नभए भने मात्र डराउनुपर्छ, मतभेदले लोकतन्त्रलाई अझ परिष्कृत गर्छ र बलियो बनाउँछ ।” पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले संविधान संशोधन प्रस्ताव सहमतिकै आधारमा पारित गरिने हरसम्भव प्रयास गरिने बताउँदै यदि सहमति हुन सकेन भने लोकतान्त्रिक पद्धतिको प्रक्रियाबाट छिनोफानो बताए । 

मन्त्री कार्कीले लामो समयदेखि बन्द नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र सञ्चालनका लागि छिट्टै कर्मचारी र आवश्यक उपकरण पठाउन गृहकार्य भइरहेको जानकारी दिए । 

मन्त्री कार्कीले आजै नेपालगन्जस्थित राष्ट्रिय समाचार समिति क्षेत्रीय कार्यालय, नेपाल टेलिकम क्षेत्रीय कार्यालय र जिल्ला हुलाक कार्यालयको निरीक्षण गरे । 

मन्त्री कार्कीलाई राससका क्षेत्रीय प्रमुख नीरज गौतम, टेलिकमका क्षत्रीय प्रमुख इन्दल यादव र हुलाक कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले कार्यालयद्वारा सञ्चालित गतिविधि, भौतिक पूर्वाधारको अवस्था र सेवा प्रवाहका विषयमा जानकारी गराएक थिए । 

सूचना तथा सञ्चार मन्त्रालय नीति योजना अनुगमन तथा मूल्याङ्कन शाखाको पहलमा मन्त्री कार्कीको नेतृत्वमा भएको सो निरीक्षण टोलीमा मूल्याङ्कन शाखा प्रमुख रुद्रादेवी शर्मा र राससका महाप्रबन्धक निर्मला आचार्यको पनि सहभागिता रहेको छ । 

त्यस अवसरमा मन्त्री कार्कीले सम्बद्ध कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिँदै सेवाको गुणस्तर वृद्धि तथा कार्यालयको भौतिक पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ