२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तमानखोला गाउँपालिकामा माओवादी केन्द्रको प्रशिक्षण

२०७३, ६ माघ बिहीबार ०२:२७

कृष्ण कँडेल/माघ ६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–३, प्रश्तावित तमानखोला गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार बोंगादोभानमा  भएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले पार्टी कार्यकर्ता एकजुट भएमा माओवादी मुलुककै सबैभन्दा ठुलो पार्टी बन्ने दाबि गर्नुभयो । सागरले पछाडि परेका र पारिएका सामुदायमा राजनितिक चेतना दिन र अधिकार खोज्न माओवादी आन्दोलनले ठुलो योगदान गरेको बताउनुभयो । 

उहाँले संविधान कार्यान्वयनका लागि प्रमुख ३ दल मिल्नुको विकल्प नभएको भन्दै राजनितिक दलहरुको सहकार्यले नै विगतमा शान्तिपुर्ण रुपमा ठुला उपलब्धि हाँसिल गर्न सकिएको स्मरण गर्नुभयो । पोलिटब्युरो सदस्य सागरले मुलुक निर्वाचनको संघारमा रहेको भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा जिल्ला कार्यालय सचिव चन्द्रबहादुर थापा शिखर, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निसीखोला गाउँपालिका संयोजक कुविर विश्वकर्मा र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एरिया नम्बर–३ का ईन्चार्ज सुर्य सिरपालीले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा माओवादी केन्द्र ३ नम्बर एरिया संयोजक देव बहादुर पुनले पार्टि केन्द्रिय समिति र जिल्ला समितिको परिपत्र बाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रश्तावित तमानखोला गाउँपालिका अन्तरगत तमान, खुंखानी, बोंगादोभान गाविस भित्रका पार्टिका अगुवा कार्यकर्ता तथा विभिन्न जनबर्गिय संगठनका पदाधिकारी तथा सदस्यको उपस्थिती रहेको थियो । 

बैठकले ३ नम्बर एरिया अन्तरगतका गाविसमा सम्मेलन गर्नका लागि संयोजक तोकेको छ । तमान गाविसको संयोजकमा चन्द्र प्रकाश गोतामे खुंखानीको संयोजक नर बहादुर शिर्पाली र इन्र्चाजमा दिल बहादुर शिर्पाली तथा बोंगादोभानको इन्र्चाजमा देव बहादुर पुनलाइ तोकेको छ । 

कार्यक्रम राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा ३ नम्बर एरिया ईन्चार्ज सुर्य शिर्पालीको अध्यक्षता र एरिया संयोजक देव बहादुर पुनको  सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय