2026-09-19 06:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

राजकुत कांग्रेसको विवाद अन्त्य

कृष्ण कँडेल/माघ ७, बागलुङ । नेपाली कांग्रेस गाउँ कार्यसमिति राजकुतको विवाद अन्त्य भएको नेताहरुले बताएका छन् । बिहिबार बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ का उपसभापती नर्जङ घर्तीको अध्यक्षतामा भएको बैठकमा विवादमा तानिएका दुवै पक्षविच सहमती गरिएको क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रिय सदस्य तथा जिल्ला संयोजक अर्जुन जोशी, जिल्ला सभापती दिपेन्द्र थापा, सांसाद् ज्ञानकुमारी छन्त्याल लगायतका नेताहरुको उपस्थितीमा सहमती भएको हो । 

विवाद्मा तानिनुभएका जिल्ला सदस्य प्रकाश कुँवर र राजकुत काँग्रेश सभापती तेजेन्द्रविक्रम कुँवर विच विगतमा कमजोरी भएको स्विकार गर्दै दुवै जना पुर्ववत जिम्मेवारीमा फर्किने सहमती भएको क्षेत्रीय उपसभापती नर्जङ घर्तीले जानकारी दिनुभयो । 

यस अघि बागलुङ जिल्लाको स्थानिय पुनर्संरचना गर्ने क्रममा राजकुत गाविसलाई कुन गाउँ पालिकामा राख्ने भन्ने विषयमा दुई जना विच विवाद उत्कर्षमा पुगेको थियो । जिल्ला सदस्य प्रकाश कुँवरले स्थानिय चाहना अनुसार राजकुतलाई प्रश्तावित निसीखोला गाउँपालिकामा राख्नुपर्ने पक्षमा लाग्नुभएको थियो । 

गाउँ पार्टि सभापती तेजेन्द्रविक्रम कुँवर भने राजकुतलाई तत्कालिन प्र्रश्तावित ढोरपाटन गाउँपालिका तथा बर्तमान ढोरपाटन नगरपालिकामा राख्नुपर्ने स्थानिय मत रहेको भन्दै त्यसैमा लविङ गर्नुभएको थियो । 

दुवै पक्षविच विवाद् उत्कर्षमा पुगेपछि प्रकाश कुँवरले गाउँ कार्यसमिति तथा क्रियाशिल सदस्यको बहुमतले गाउँ पार्टि सभापतीलाई निलम्बन गरिएको दावि गर्नुभएको थियो । 

सभापती तेजेन्द्र विक्रम कुँवरले भने राजकुत गाउँ कार्यसमति तथा क्रियाशिल सदस्यको बैठक नै नगरी प्रकाशले आफै माईन्युट गरेर सवैको हस्ताक्षर गर्दै हटाएको प्रचार गर्दै हिँडेको बताउनुभएको थियो । 

स्थानिय चाहना विपरित स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगले राजकुतलाई निसीखोला गाउँ पालिकामा प्रश्ताव गरेको भन्दै तेजेन्द्रले पार्टिको क्षेत्रीय बैठकमा पार्टि सदस्य समेत नरहने गरि राजिनामा गर्नुभएको थियो । 

बैठकमा तेजेन्द्र विक्रम कुँवरले आफ्नो राजिनामा फिर्ता लिनुभएको र प्रकाश कुँवरले पनि आफ्नो पक्षबाट भएको निलम्बन फिर्ता गरि पुर्व जिम्मेवारी अनुसार नै काम गर्ने गरि सहमती भएको नेताहरुले बताएका छन् । 

प्रकाशले गल्ति स्विकार गरेपछि सहमती भएको तेजेन्द्र कुँवरले प्रतिक्रिया दिनुभएको छ । प्रकाशसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई