माघ ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानी"/>
2026-06-26 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्ताव कोमा गईसक्यो: रायमाझी

2017-01-21

माघ ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई कोमामा राखेर तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नुको विकल्प नभएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपनेता रायमाझीले भने,‘सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयक फिर्ता लिने हो वा पेण्डिङ्मा राख्ने हो, त्यो सरकारको कुरा हो, तर संशोधनलाई छाडेर तत्काल स्थानीय तहको निर्वाचनमा जानुपर्छ, र संविधान कार्यान्वयनमा जुट्नुपर्छ ।’

नेता रायमाझीले संविधान कार्यान्वयन नभए मुलुक पश्चगमन र प्रतिगामी दिशातर्फ जाने खतरा समेत औंल्याए। उनले भने,‘म संविधान संशोधनको विपक्षमा छैन, तर संशोधनमा राष्ट्रिय सहमति चाहिन्छ, राष्ट्रिय सहमति भयो भनेमात्रै उत्तम हुन्छ, नत्र यसले देशलाई फाईदा गर्दैन् ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले ५ नम्बर प्रदेश विभाजन गर्नेगरि आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएको जिकिर दोहोर्याउँदै भने,‘अब संशोधनको कुरामा नअल्झिकन चुनावमा जानु नै उत्तम हुन्छ, जेठभित्रै स्थानीय तहको निर्वाचन गरेर जानुपर्छ, अब मधेशी मोर्चालेपनि सरकारले संशोधन गर्ने कोशिस गर्यो, तर संभव भएन भन्ने कुरा मनन गरेर आफ्ना एजेण्डासहित चुनावमा जानुपर्छ ।’

उनले संशोधन विद्येयक फेल भएपछि निन्याउरो मुख लगाएर जानुभन्दा आफ्नो एजेण्डासहित चुनावमा जाँदा नै उत्तम हुने तर्क गरे । नेता रायमाझीले चुनावको वातावरण बनाउनुपर्ने र निर्वाचनसम्बन्धी विधेयकहरु तिव्र गतिमा पारित गर्दै अघि बढ्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ