२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एकीकृत अखिल नेपाल शिक्षक संगठनको भेला बुर्तिबाङमा

२०७३, ८ माघ शनिबार १६:१०

कृष्ण कँडेल/माघ ८, बागलुङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङ अन्तरगत बुर्तिबाङ स्रोत केन्द्र स्तरिय भेला आज बुर्तिबाङमा भएको छ । 

भेलामा बोल्दै संगठनका जिल्ला उपाध्यक्ष नगेन्द्र खरेलले पछिल्लो शिक्षा ऐन संसोधनले विगत देखि शिक्षकको ठुलो समस्याका रुपमा रहेको अस्थायि शिक्षकका समस्या आंशिक रुपमा सम्बोधन गरेको बताउनुभो । 

उहाँले संसोधित ऐनको व्यवस्था अनुसार नियमावली बनाएर अस्थायि शिक्षकलाई विधि र प्रक्रिया अनुसार स्थायि गर्ने तथा उपादानमा विदाई गर्ने भन्दै यो उपलब्धि सकारात्मक भएको बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा एरिया ईन्चार्ज चन्द्र अर्यालले समाज रुपान्तरण तथा सुधारमा शिक्षकको महत्वपुर्ण भुमिका हुने भन्दै पेशागत काम सहित समुन्नत समाज निर्माणको अभियानमा जुट्न आग्रह गर्नुभयो ।

 कार्यक्रममा संगठनका जिल्ला सदस्य कुलपति सापकोटा र संजयकुमार यादबले मन्तव्य राख्नुभएको थियो । भेलाले शिबलाल सुवेदीको अध्यक्षतामा १५ सदस्यीय बुर्तिबाङ स्रोत केन्द्र स्तरिय एकीकृत अखिल नेपाल शिक्षक संगठनको नयाँ कार्यसमिति गठन गरेको छ । 

समितिको उपाध्यक्षमा देवबहादुर सुनार, सचिव पुर्ण अर्याल, सहसचिव होमबहादुर श्रेष्ठ र कोषाध्यक्ष दालकुमारी पाण्डे रहनुभएको छ । सदस्यमा नरिश्वर पाण्डे, होममायाँ अदै, घमबहादुर सुनार, दिलकुमारी घिमिरे, पार्वती जीसी, ईन्द्रराज पौडेल र सुर्यबहादुर विक रहनुभएको छ । बाँकी ३ सदस्य पछि थप गरिने छ । 

कुलपति सापकोटा, निमबहादुर कायत र ईश्वरी अर्याल रहेको ३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।  कार्यक्रममा सदस्यहरुले आफ्नो गाविस र विद्यालयको शैक्षिक अवस्था र संगठनात्म स्थीतिको बारेमा रिपोर्टिङ गरेका थिए । 

जिल्ला समितिको परिपत्र प्रेमबहादुर खत्रीले बाचन गरेर सुनाउनुभएको थियो । भेला स्रोतकेन्द्रका संयोजक शिवलाल सुवेदीको अध्यक्षता, ईन्द्रराज पौडेलको स्वागत र देबबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय