नन्दराम जैशी/माघ १०, जुम्ला । नयाँ शक्ति पार्टी नेपाल जुम्लाले प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमन्त्री र पुर्ण समानुपातिक संसदका लागि हस्ताक्षर अभियान स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/माघ १०, जुम्ला । नयाँ शक्ति पार्टी नेपाल जुम्लाले प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमन्त्री र पुर्ण समानुपातिक संसदका लागि हस्ताक्षर अभियान स"/>

2026-08-29 10:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कार्यकारी प्रधानमन्त्री र पुर्ण समानुपातिक संसदका लागि हस्ताक्षर अभियान


नन्दराम जैशी/माघ १०, जुम्ला । नयाँ शक्ति पार्टी नेपाल जुम्लाले प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमन्त्री र पुर्ण समानुपातिक संसदका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको छ । 

नयाँ शक्ति जुम्लाका पार्टी सचिब जयऋषि उपाध्यायका अनुसार जुम्लामा आइतबारबाट शुरु भएको हस्ताक्षर संकलन अभियान माघ मसान्तसम्म संचालन गरीने जनाइएको छ । यो अभियान अन्तर्गत देशभरीबाट १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने तयारी रहेको उहाले बताउनुभयो ।         

 जुम्ला बजारमा आइतबार मध्यान्नमा मात्र झण्डै ३ सय जना बढिले हस्ताक्षर गरेको भन्दै आगामि एक महिनाको अवधिभित्र सबै जुम्लाबासिलाइ हस्ताक्षर गर्न उहाको अनुरोध छ । पार्टीले नेपालमा वैकल्पिक राजनीतिको सुरुवात गरिरहेको दावी गर्दै नयाँ शक्ति अहिले ‘घर (घरमा नयाँ शक्ति अभियान –२०७३’ सञ्चालनमा जुटिरहेको नयाँ शक्ति पार्टी नेपाल जुम्लाका सह संयोजक धिरज महतले बताउनुभयो ।    

 यो अभियान सहरदेखि गाउँसम्मका हरेक घर परिवार नयाँ शक्तिबारे बेखबर नरहून् भन्ने उद्देश्यले सुरु गरिएको उहाले बताउनुभयो । अभियानलाई सफल बनाउन केन्द्रीय पार्टीले सामाजिक तथा राजनीतिक आन्दोलन उठान गर्ने निर्णय गरेको छ । 

जनतासँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक तथा सामाजिक मुद्दाहरुलाई लिएर चरणवद्ध आन्दोलनमा अगाडि बढ्ने योजना बनाइएको पार्टीले बताएको छ, । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो