नन्दराम जैशी/माघ ११, जुम्ला । ईलाका नम्बर ४ को ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । 

एकतर्फको विवादका कारण गोष्ठि सम्पन्न भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/माघ ११, जुम्ला । ईलाका नम्बर ४ को ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । 

एकतर्फको विवादका कारण गोष्ठि सम्पन्न भएको"/>

2026-10-15 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विवादका बिच इलाका परिषद सम्पन्न, ठोस योजनलाई प्राथमिकता दिन माग


नन्दराम जैशी/माघ ११, जुम्ला । ईलाका नम्बर ४ को ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । 

एकतर्फको विवादका कारण गोष्ठि सम्पन्न भएको हो । ईलाका नम्बर ४ को सोमबार आयोजना गरिएको गोष्ठिमा विगतका ईलाका परिषदबाट पारित भएका आयोजनाको सम्बोधन नभएको, समाजमा पछि पारिएका वर्गहरु नसमेटिएको विषयमा विवाद भएको थियो । गोष्ठिमा मान्यताक्रममा तलमाथि भएको विषयमा विवाद भएपनि इलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको बताईएको ।

 यस्तै लक्षित वर्ग उपेक्षित भएको तथा टुक्रे योजनालाई प्राथमिता दिएको र दलिय भागबन्डाको आधारमा योजना छनोट गरेको विषयमा विवाद भएको लाम्रा गाविसका हरिवहादुर डाँगीले जानकारी दिनुभयो । यता जिल्ला विकास समिति जुम्लाका नयब्ब सुब्बा हरिशचन्द्र गिरीका अनुसार, केहि व्यक्तिलाई इलाका परिषदका क्रममा विवाद गर्न खोजेको बताउनु भयो । 

इलाका परिषदमा आएका योजनालाई हुबहु जिल्लामा ल्याईएको उहाँको भनाइ छ । इलाका परिषद भएको बेला सार्वजनिक कार्यक्रममा केहि व्यक्तिले विवाद गर्न खाजेको गिरीले बताउनु भयो ।

 यसैवीच, ईलाका नम्बर ४ अन्तर्गत पर्ने चार गाविसका अगुवाहरुले  स्थानिय विकास अधिकारीको प्रत्यक्ष सहभागितामा गोष्ठि हुनु पर्नेमा इलाका नम्बर ४ का स्थानीयले माग गरेका थिए । विगतका ईलाका परिषदहरुबाट स्वीकृत योजनाहरु जिल्लाको प्राथमिकतामा नपरेको भन्दै सम्बन्धित निकायका आधिकारिक व्यक्तिको अनुपस्थितिमा गोष्ठि संचालन हुने गरेको  नेपाली काँग्रेस जिल्ला कार्यसमिति जुम्लाका डिलेशवहादुर रावतले बताउनु भयो । 

नेकपा माओबादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य लक्ष्मी प्रसाद उपाध्यायले  गाविसमा योजना छनोटमा सहभागि हुने रानीतिक दलहरु जिल्ला स्तरमा पनि एक भएर जानु पर्ने बताउनु भयो ।

 गैरसरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष समेत रहनु भएका हाँकु गाविसका स्थानिय अगुवा दुर्गा प्रसाद पाण्डेले  ईलाका परिषद हात्तीको देखाउने दात  मात्रै भएको टिप्पणी गर्दै  सबैमा पुरानो मानसिकताले अहिले पनि जरो गाडेको बताउनु भयो । 

तातोपानी गाविसका स्थानिय रामकृष्ण न्यौपानेले  समाजमा पछि पारिएका अपांगता भएक व्यक्ति, महिला, दलित र बालबालिकाहरु किनाराका साची मात्रै भएको गुनासो गर्नु भयो । विगत पाँच वर्ष देखी परिषदमा सहभागिता जनाउदै आउनु भएकी एैनादेवी चौलागाईले महिलाहरुका नाममा आउने रकम र महिलाको सहभागिता कमै हुने गरेको बताउनु भयो ।

 योजना तर्जुमा पक्रियामा सबैको अर्थपुर्ण सहभागिताको नारा व्यापक रुपमा उठिरहेको बेला बोलवालाहरुको हाली मुहाली भएको गुनासो आएको छ । स्थानिय स्तरमा विकास पनि हुन नसकेको बेला गाविस तथा जिल्लास्तरका राजनितिक दलका प्रमुख एंव प्रतिनिधिहरुले योजनाहरु कागजमा मात्रै सिमित रहेको बताएका छन् । 

अन्य राजनितिक दलहरुले पनि  विकासको  लागि दलको विचार धारा भन्दा बाहिर रहेर लाग्नु पर्ने बताएका छन् । इलाका परिषदमा ४ वटै गाविसका राजनितिक दलका प्रतिनिधि, महिला र राजनितिक दलहरु गरि करिब १ जना जतीको मात्रै सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने