माघ ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् ।

स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् ।

स"/>

2026-07-11 10:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तत्काल स्थानीय निकायको निर्वाचन गर्न माग

2017-01-24

माघ ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् ।

स्थानीय निकायसम्बन्धी आयोगले प्रतिवेदन बुझाइसकेको र केही जिल्लामा विवादसमेत देखिएको सम्बन्धमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मार्फत समस्या समाधानका लागि पहल गर्नसमेत उनीहरुले आग्रह गरे ।

व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा स्थानीय तथा राष्ट्रिय समस्यालगायत स्थानीय निकायको निर्वाचनको मिति घोषणामा भइरहेको बिलम्बप्रति सरकारको आलोचना गरेका थिए ।

सांसद ओफिलाल ओफेडा, आशा घिमिरे, आशा कोइरालाले तत्काल लोकतन्त्रको आधार स्तम्भका रुपमा रहेको स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरे ।

केही जिल्लामा रहेको विवाद समेत मन्त्रिपरिषद्ले समाधान गर्न सक्ने कानुनी प्रावधानलाई उपयोग गर्न समेत उनीहरुले ध्यानकर्षण गराए । 

सांसद आदित्यनारायण कशौधनले मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण प्रक्रियामा भइरहेको ढिलाइले हजारौँ नागरिक प्रभावित भएकाले युद्धस्तरमा निर्माण कार्य अगाडि बढाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गरे ।

यस्तै तराई मधेस सिँचाइ कार्यक्रममा भइरहेको ढिलाइप्रति सिँचाइ मन्त्रालयले चासो नदिएकामा समेत रोष प्रकट गर्दै भूकम्पपीडितले राहत नपाएको, भूमिहीन किसान सबैभन्दा बढी समस्यामा परेको र राहत नपाएकामा पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।

यसरी ध्यानाकर्षण गराउनेहरुमा अमनलाल मोदी, आशा यादव, केशरी घर्ती मगर, उमेशकुमार यादव, ऋषिकेश पोखरेल, केशव बडाललगायत थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस