माघ ११ । बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ नियुक्त भएका छन् । राप्रपा केन्द्रीय सचिवालयका अनुसार लख्खाभाइ प्रदेश नम्बर ७ को संयोजकमा नियुक्त भएका हुन् । अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११ । बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ नियुक्त भएका छन् । राप्रपा केन्द्रीय सचिवालयका अनुसार लख्खाभाइ प्रदेश नम्बर ७ को संयोजकमा नियुक्त भएका हुन् । अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रु"/>
2026-09-19 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लख्खाभाइ बने राप्रपा ७ नम्बर प्रदेशको संयोजक

माघ ११ । बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ नियुक्त भएका छन् । राप्रपा केन्द्रीय सचिवालयका अनुसार लख्खाभाइ प्रदेश नम्बर ७ को संयोजकमा नियुक्त भएका हुन् । अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रुपमा चिनिने लख्खाभाइ कुमाउ विश्वविद्यालय नैनीताल भारतमा छात्र संघका अध्यक्ष समेत रहिसकेका छन् । उनी उक्त विश्वविद्यालयमा छात्र संघको अध्यक्ष हुने पहिलो नेपाली समेत हुन् । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका लख्खाभाइले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेका थिए ।

सुरुमा सुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका लख्खाभाइकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता भईचुनाव लडेका थिए । पछिल्लो समय तत्कालीन राप्रपा नेपाल र अखण्ड सुदूरपश्चिम पार्टी एकीकरण भएपछि उनी तत्कालीन राप्रपा नेपालका सुदूरपश्चिम सह–संयोजक बनेका थिए । गत मंसिरमा दुवै राप्रपा एकताभए पछि माघ १० गते बसेको उच्च कार्य सम्पादन समितिले लख्खाभाइलाई सात नम्बर प्रदेशको संयोजक नियुक्त गरेको राप्रपा केन्द्रीय सदस्य तथा मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष हेमबाबु लेखकले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई