Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ १४ गते, राति ३:४७ बजे
दार्चुला - DCL

आर्थिक वर्षको मिति परिवर्तन गर्न गाबिस परिषदको माग

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पंकज धामी/माघ १४, दार्चुला । विहिबार सम्पन्न व्यास गाविसको परिषदले आर्थिक वर्षको मिति सार्न माग गर्ने निर्णय गरेको छ । 

अहिलेको नेपालको आर्थिक वर्ष सम्पन्न हुने असार महिनामा व्यास गाविस सम्म जाने बाटो नहुदा विकास निर्माण प्रभावित हुने गरेको भन्दै गाउ परिषदले आर्थिक वर्ष कार्तिक मसान्तमा सम्पन्न हुने गरि मिति सार्न माग गरेको हो । गाउ परिषदले निर्णय गर्दै ईलाका परिषदबाट निर्णय गराउदै आर्थिक वर्ष सार्न माग गरिएको गाविस सचिन केशवराज अजस्थिले जानकारी दिनुभयो ।

‘हामीहरु छ महिना खलंगामा हुन्छौ छ महिना व्याँसमा बस्छौँ, आर्थिक बर्ष असारमा सम्पन्न हुन्छ ।’ 

व्याँस गाविस वडा नम्बर १ का वडा नागरिक मञ्च उप संयोजक भिमबहादुर ऐतवालले भने ‘अहिले व्याँसमा विकास निर्माण गर्न कोही पनि नहुने र बैशाख पछाडी विकास निर्माण गर्न बर्षातमा बाटोघाँटो नभएपछि निर्माण सामग्री पु¥याउन समेत अप्ठ्यारो छ ।’

 गाउँ परिषदबाटै निर्णय गराएर आफूहरुको बाध्यतालाई नेपाल सरकारसम्म पु¥याएर आर्थिक बर्षको कारोबार कार्तिक मसान्तसम्म पु¥याइएमा विकास निर्माण पनि दिगो रुपमा गर्न सकिने व्याँसबासीको बुझाई रहेको छ ।