माघ १४, पर्वत । नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । 

तर बिहीबार भने वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १४, पर्वत । नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । 

तर बिहीबार भने वि"/>

2026-09-20 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि …

माघ १४, पर्वत । नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । 

तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो । पाँचौँ पर्वत महोत्सवको उद्घाटन मन्तव्य व्यक्त गरिरहँदा अकस्मात विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति पनि त्यतिबेला बन्द भयो जतिबेला प्रधानमन्त्रीले पर्वत र सम्पूर्ण धौलागिरिलाई विद्युत्को हव भएको भन्दै प्रशंसा गरिरहनुभएको थियो । 

उहाँले कालीगण्डकी प्रसारण करिडोरको काम भइरहेको र यस क्षेत्रमा ठूला जलविद्युत् आयोजना बनिरहेको बताइरहनुभएको थियो । केहीबेर विद्युत् आउने प्रतीक्षामा उभिरहनु भएका प्रधानमन्त्री विद्युत् नआएपछि सोफामा बस्न पुग्नुभयो । 

करिब सात मिनेटपछि जेनेरेटरबाट विद्युत् आपूर्ति गरिएपछि प्रधानमन्त्रीले मन्तव्य सञ्चालन गर्नुभएको थियो । विद्युत् सञ्चालन नहुँदा आयोजक र सुरक्षाकर्मीका बीचमा दौडादौड नै चलेको थियो । 

नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले केन्द्रीय तहबाट नै सिस्टम आउट भएकाले विद्युत् आपूर्ति बन्द हुन पुगेको बताउनुभयो । अवरुद्ध विद्युत् सेवा भने प्रधानमन्त्री काठमाडाँै फर्केपछि झन्डै डेढ घन्टापछि सञ्चालन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो