दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई"/>

2026-06-17 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्धारा फोनबाटै कार्यक्रम उदघाटन

2017-01-27

 

दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको फोनबाट उदघाटन  गरेकी छन् । 

कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको भएको थियो  । मौसम सफा नभएका कारण राष्ट्रपति  त्यतैबाट फर्किएकि छन । 

विहान १० बजे कार्यक्रमस्थलमा पुग्ने जनाईएपनि अन्तिममा आएर ४ बजे भण्डारीले फोनबाटै कार्यक्रम उदघाटन गरेकी हुन् । फोनबाट कार्यक्रम उदघाटनपछि बोल्दै राष्ट्रपति भण्डारीले खानेपानीलाई सवैको पहुचमा पुयाउन  आग्रह गरेकी छिन । 

करिव १८ करोड १२ लाख २६ हजार रुपिया लागतमा बनेको आयोजनाबाट वडा नम्बर १, ५, ७ र ८ का स्थानीयको घर–घरमा शुद्ध खानेपानी पुगेको शिवनगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारदमुनी रानाले जानकारी दिए । नेपाल सरकार एडीबी ग्रान्ट तथा उपभोक्ताको लगानी र नगर विकास कोष ऋणबाट निर्माण भएको भएको हो । 

सन २०१२ जनवरीबाट निर्माण सुरु भएको शिवनगर खानेपानी आयोजना २०१५ मा सम्पन्न भएको थियो । आयोजना अन्तर्गत दुई वटा डिप ट्युबेल, ४५० घनमिटरको एक ओभर हेड र ३०० घनमिटरको सतही ट्याङ्की (प्रशोधित पानी भण्डारण ट्याङ्की) निर्माण भएको समितिले जानकारी दिएको छ ।

त्यस्तै, तीन वटा प्रेसर फिल्टर प्लान्ट र १० ठाउँमा फायर हाईड्रेन्ट (अग्नी नियन्त्रक) रहेको छ । आयोजना अन्तर्गत दुई हजार ४४ घरधुरीमा धारा जडान भएका छन् । खानेपानी आयोजनाले २९१ गरिब घरधुरीलाई धारा तथा २४४ घरधुरीलाई शौचालय निर्माणमा सहयोग समेत गरेको जनाइएको छ । 

शिवनगर खानेपानी आयोजनाको पानी तेस्रो तल्लामा राखिएको ट्याङ्कीमा समेत मोटरको प्रयोगबिनै भरिने गरेको समितिले जनाएको छ । राष्ट्रपति भण्डारी धनगढी आउने भएपछि विहिवारदेखि  सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ