Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

संबिधान संशोधन हुन नसके निर्वाचनमा जानुपर्छ: रायमाझी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १७, नवलपरासी । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एबम सांसद टोप बहादुर रायमाझीले संविधान संसोधनमा नअल्झेर अव निर्वाचन तर्फ अगाडि बढनुपर्ने बताएका छन् ।

नवलपरासीको रामनगर २ बडेरा स्थीत धान्यान्चल महायज्ञ माविको २९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै नेता रायमाझीले अवको एक वर्ष भित्र तिन तहको निर्वाचन गर्ने गरि अघि बढनुपर्ने विचार व्यक्त गरेका हुन् ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले मलुकको हितका लागि भएमात्र संविधान संसोधन हुन सक्ने बताए । संसोधनको लागि दुई तिहाई सहमति हुन आवश्यक रहेको र त्यो हुनसक्यो भने मात्र संसोधन हुने बताए ।

यस्तै नवलपरासी क्षेत्र नं. ४ का सांसद एवँ नेकपा एमालेका नेता वैजनाथ चौधरीले पाँच नम्बर प्रदेशबाट पहाड र तराई अलग गराउनुको उद्धेश्य मुलुकलाई विखण्डन तर्फ लैजान खोजिएकाले मुलुकलाई विखण्डनबाट जोगाउन सवै एकजुट भएर लाग्नुपर्ने बताए ।

धान्यान्चल महायज्ञ मावि बडेराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष न्यौपानेले विद्यालयलाई जिल्लाकै नमुना बनाउदैँ शैक्षिक गुणस्तर अभिबृद्धिमा लाग्ने बताएका छन ।

कार्यक्रममा राष्ट्रिय कलाकार रमेशराज भटराई, विष्णु जि खनाल माईला बा, उमा गिरी, भरत क्षत्रि लगायतको वेजोड प्रस्तुती समेत रहेको थियो ।