2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका राजनीतिक दलहरु गाउँ अभियानमा ब्यस्त

ललित बोहरा ।माघ १८ डडेल्धुरा । स्थानीय निकायको निर्वाचन घोषणा हुन नपाउदैँ डडेल्धुराका राजनितीक दलहरु गाउँ–गाउँ पुग्न थालेका छन । आफ्नो संगठन तथा कार्यकर्ताहरुलाई शसक्त बनाउने उद्देश्यले डडेल्धुरा जिल्लाका मुख्य पाँच राजनीतिक दल नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुरा अहिले घरदैलो अभियानकै रुपमा गाउँ–गाउँमा पुग्न थालेका छन । 

नेपाली कांग्रेस डडेल्धुराले पनी आफु निकट कार्यकर्ताहरुलाई प्रशिक्षण र बिभिन्न गाबिसमा गाउँ अधिबेशन र सात टोली बनाएर गाउँमा संगठन सुदृढिकरण जारी राखेको नेपाली कांग्रेस डडेल्धुराका कार्यबाहक सभापती करुणाकर भट्टले जानकारी दिनु भएको छ । कार्यकर्ताहरुलाई स्थानीय निकायको निर्वाचनको लागि समेत तयारी गराउन संगठन सुदृढिकरण थालेको कार्यबाहक सभापती भट्टले जानकारी दिनु भएको छ । 

      यस्तै पार्टीको धारणा तथा संबिधान निमार्णमा एमालेले खेलेको भूमीका र संबिधान कार्यान्वयमा सरकारलाई दबाब दिने लगायतका बारेमा कार्यकताहरुलाई प्रष्ट बुझाउन गाउँ अभियानमा लागेको नेकपा एमाले जिल्ला सचिब धन बहादुर साउदँले जानकारी दिनु भएको छ । उहाँका अनुसार नेकपा एमाले डडेल्धुराले अहिले जिल्लाभर पाचँ टोली बनाई गाउँ अधिबेशनहरु, ठाउँ–ठाउँमा कोणसभा लगायतका कार्यक्रमबाट स्थानीय कार्यकर्ताहरुलाई जाग्रित गरिरहेको बताउनु भयो । नेकपा एमाले डडेल्धुराले जागरण अभियाननै सञ्चालन गरी कार्यकर्ताहरुलाई उत्पादनशिल क्षेत्रमा बढी समय दिई आर्थिक रुपमा समृद हुन समेत सिकाउने गरेको सचिब साउँदले जानकारी दिनु भयो । 

यस्तै नेकपा माओवादी केन्द्रले पनि सरकारले तोकेका ७ स्थानीय तहका आधारमा गाउँपालीकाका वडा अधिबेशन गरिरहेको माओवादी केन्द्रका डडेल्धुरा इन्चार्ज तथा पूर्व सासंद नन्द राम सार्कीले जानकारी दिनु भएको छ । पार्टीले दिएको निर्देशन अनुसार गाउँ–गाउँमा कार्यकर्ता प्रशिक्षण, सदस्य नविकरण, नयाँ सदस्य बितरण तथा पार्टी प्रबेश कार्यक्रम जारी रहेको पूर्व सासंद सार्कीले उल्लेख गर्नु भयो । 

यस्तै राप्रपा डडेल्धुराले अहिले जिल्ला अधिबेशनको तयारी गरीएको राप्रपा डडेल्धुराका कार्यकारी अध्यक्ष टेक राज पनेरुले जानकारी दिनु भएको छ । स्थानीय निकायको निर्वाचनको लागि आफुहरुले पूर्ण तयारी गरी सकेको र जुनसुकै समयमा पनी मिती घोषण भएमा आफुहरुलाई कुनै असर नपर्ने भन्दै आफुहरु अहिले बिशेष गरेर जिल्ला अधिबेशनको तयारीमा लागि परेकोमा कार्यकारी अध्यक्ष पनेरुको जोड छ । 

यस्तै राष्ट्रीय जनमोर्चा डडेल्धुराले लेनिनको नेतृत्वमा भएको अक्टोवर क्रान्तिको मानव जातिको इतिहासमा प्रथम पटक स्टालिनको नेतृत्वमा रुसमा समाजवादी व्यवस्थाको निर्माण भएको दिन देखि अक्टुबर क्रान्ति एक वर्षका लागी गरीएको राष्ट्रीय जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीले जानकारी दिनु भएको छ । स्थानीय निर्वाचनलाई आधार बनाएर कार्यकर्ता प्रशिक्षण तथा सदस्य नविकरण गर्ने कार्य पनी जारी रहेको केद्रिय सदस्य जाग्रीले बताउनु भयो । 

सोमबार सम्म म्याद रहेको दल दर्ता कार्यक्रममा डडेल्धुरामा १३ दल दर्ता भएपनी यि बाहेकका अन्य पार्टीहरुले खासै गाउँ अभियानहरुमा सक्रिय देखिएका छैनन । गाउँ अभियानको शिलशिलामा बिद्यार्थी, अभिवाक, शिक्षक, किसानहरु लगायतका नागरिकहरुले आफ्नो नियमीत कार्यमा बाधा भइरहेकोेमा गुनासो व्यक्त गरेका छन । शिक्षक तथा बिद्यार्थीहरु नै राजनीतिमा लागिपरेपछि शिक्षाको अवस्थाप्रति स्थानीय बुढापाखाहरु भने चिन्तित देखिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ