Skip to content
Friday, July 17, 2026 Nepali Online Media

निर्वाचन कार्यालयमा पच्चीस राजनीतिक दलद्वारा विवरण पेस

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १९, कञ्चनपुर । निर्वाचनमा सहभागी हुन कञ्चनपुरका २५ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा विवरण पेस गरेका छन् ।

जिल्लामा क्रियाशील सबै राजनीतिक दललाई सोमबारसम्म विवरण पेस गर्न निर्वाचन कार्यालयले समय सीमा निर्धारण गरेको थियो । निर्धारित समयमा २५ राजनीतिक दलले विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत केशवसिंह भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार विवरण बुझाउनेमा छ नयाँ र १९ पुराना पार्टी छन् । केन्द्रमा दर्ता भएर पहिलो पटक विवरण पेस गर्ने राजनीतिक पार्टीमा नेपाल पूर्व राष्ट्रसेवक पार्टी, लोकतान्त्रिक पार्टी, नयाँ शक्ति पार्टी, विवेकशील नेपाली दल, राष्ट्रिय यथार्थवादी पार्टी र जनजागरण पार्टी छन् ।

यसैगरीमुख्य राजनीतिक पार्टीमध्येका नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, नेपाल कम्युनिष्ट पार्टी माले, अखण्ड सुदूरपश्चिम नेपालसहितका १९ पार्टीले विवरण बुझाएका छन् ।

सो कार्यालयले वर्तमान संबैधानिक व्यवस्था अनुसार अब हुने निर्वाचनका लागि यहाँस्थित सरकारी कार्यालयबाट कर्मचारीको विवरण सङ्कलन गर्न थालेको छ ।

“जिल्लामा कार्यरत स्थायी निजामती कर्मचारी, सार्वजनिक संस्थानमा कार्यरत स्थायी कर्मचारी र स्थायी शिक्षकको विवरणको नामावली तीन दिनभित्र आइपुग्ने गरी कार्यलयलाई पत्राचार गरेका छौँ जिल्ला निर्वाचन अधिकृत भण्डारीले भन्नुभयो । निर्वाचन आयोगबाट माग भै आए बमोजिम कर्मचारीको विवरण माग गरिएको उहाँले बताउनुभयो । रासस