माघ २०, काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताउनुभएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २०, काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताउनुभएको छ । 

<"/>
2026-07-25 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक: कोइराला

माघ २०, काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतङ्कवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताउनुभएको छ । 

जिपी कोइराला फाउन्डेसनद्वारा यहाँ आज आयोजित ‘साइवर अपराधसम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम’मा उहाँले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धितर्फको यात्रा सहज हुने विचार व्यक्त गर्नु भयो । 

नेत्री कोइरालाले अपराध गर्ने र तारोमा पर्नेमा युवा बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताउनुभयो । कार्यक्रममा साइबर अपराधका जानकार एवम् प्रहरी नायब उपरीक्षक पशुपति रायले साइबर अपराधसम्बन्धी विभिन्न घटनाको तथ्य प्रस्तुत गर्दै अपराधीबाट बच्न सचेत गराउनुभयो । कसैलाई विश्वास गरेर सामाजिक सञ्जालमा आफूले खोलेको पेजको पासवर्ड अरूलाई नदिन सुझाव उहाँले दिनुभयो । 

उहाँले अभिभावकले आफ्ना छोराछोरीको गतिविधिप्रति निगरानी राख्नुपर्नेमा जोड दिनुभयो । अनलाइनमार्फत चाइल्ड सेक्स टुरिज्मका सङ्गठित अपराधीले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकामा सचेत रहन उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा कामाद कलेजका विद्यार्थीको उल्लेख्य उपस्थिति थियो । उनीहरूले साइबर अपराधबारे जानकारी लिनुका साथै जिज्ञासा राखेका थिए । 

जिपी कोइराला फाउन्डेसनले युवालाई लक्षित गरी विकास, अपराध नियन्त्रणमा सचेतना, युवा सशक्तीकरणलगायतका विषयमा देशभर कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक